YouTube Link

स्पेनिस ला लिगामा बार्सिलोनाको गेटाफेमाथि सानदार जित

Facebook Link

एजेन्सी: बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ ।

 

बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे ।

 

गेटाफेका इनेस युनालले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

 

खेलको ८औं मिनेटमा बार्सिलोनाले लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो ।

 

१२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

 

खेलको २८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो ।

 

३३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए ।

 

खेलको ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।

 

८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गरे । अतिरिक्त समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को फराकिलो जित दिलाए ।

 

जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ ।

 

बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

 

शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ ।

 

दुवै टोलीले ३२ खेल खेलेको छ । पराजित गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।

 

एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्कियो

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...