स्पेनिस ला लिगामा बार्सिलोनाको गेटाफेमाथि सानदार जित
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:१०
2.1K
shares
एजेन्सी: बार्सिलोनाले गेटाफेलाई ५–२ गोल अन्तरले हराउँदै स्पेनिस ला लिगामा सानदार जित हात पारेको छ ।
बार्सिलोनाको फराकिलो जितमा कप्तान लियोनेल मेस्सीले दुई तथा रोनाल्ड एराउजो र एन्टोइन ग्रिजमनले एक गोल गरे ।
गेटाफेका इनेस युनालले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको ८औं मिनेटमा बार्सिलोनाले लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो ।
१२औं मिनेटमा क्लेमेन्ट लेङ्लेटले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।
खेलको २८औं मिनेटमा सोफियन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोना खेलमा २–१ ले अघि बढ्यो ।
३३औं मिनेटमा कप्तान लियोनेल मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा ३–१ ले अघि बढाए ।
खेलको ६९औं मिनेटमा इनिस युनालले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए ।
८७औं मिनेटमा रोनाल्ड एराउजोले मेस्सीको पासमा गोल गरे । अतिरिक्त समयको थप गरिएको तेस्रो मिनेटमा एन्टोइन ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५–२ को फराकिलो जित दिलाए ।
जितसँगै बार्सिलोनाले उपाधि सम्भावनालाई जीवितै राखेको छ ।
बार्सिलोना ३१ खेलबाट ६८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।
शीर्षस्थानको एट्लेटिको म्याड्रिडको ७३ तथा दोस्रो स्थानको रियल म्याड्रिडको ७० अंक छ ।
दुवै टोलीले ३२ खेल खेलेको छ । पराजित गेटाफे ३१ अंक जोडेर १५औं स्थानमा छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:१०



















