एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्कियो
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:०१
1.9K
shares
एजेन्सी: एट्लेटिको म्याड्रिडले एसडी हुएस्कामाथि सहज जित निकाल्दै स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा एट्लेटिकोको जितमा एन्जल कोरिया र यान्निक कारास्कोले गोल गरे ।
खेलको ३९औं मिनेटमा एन्जलले मार्कास लोरेन्टेको पासमा गोल गर्दै एट्लेटिकोलाई १–० ले अघि बढाए ।
८०औं मिनेटमा लोरेन्टेकै पासमा यान्निक कारास्कोले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
एट्लेटिकोले रियल म्याड्रिडलाई ३ अंकले पछि पार्दै शीर्षस्थानमा फर्किएको हो ।
एट्लेटिकोको ३२ खेलबाट ७३ तथा समान खेलबाटै रियलको ७० अंक छ ।
एक खेल कम खेलेको तेस्रो स्थानको बार्सिलोनाको ६८ अंक छ ।
पराजित हुएस्का २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।
हेर्नुहोस् तपाईको आज २०७७ बैशाख १० गते शुक्रबारको तपाईको राशिफल
वि.सं.२०७८ वैशाख १० शुक्रवार ०८:०१


















