YouTube Link

इंगलिस प्रिमियर लिगमा लिभरपुललाई शिर्ष चारमा पर्न कठिन

Facebook Link

एजेन्सीः इंगलिस प्रिमियर लिगमा लिभरपुललाई शिर्ष चारमा पर्न कठिन लिभरपुलको प्रदर्शन जारी सिजनमा सोचे भन्दा खराब रहयो ।

च्याम्पियन्स लिगमा क्वाटरफाइनल बाटै बाहिरिएको छ ।

इंग्लिस प्रिमियर लिगमा पनि एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंगलिस प्रिमियर लिगको सुरुवाती खेलहरुमा उत्कृष्ट खेल्दै आफू बलियो भएको दाबी गरेको थियो ।

तर लिगको मध्यतिरबाट भने लिभरपुलको प्रदर्शन खस्किदै गयो ।

अहिले लिभरपुललाई प्रिमियर लिगको अन्तिम चारमा पर्न पनि कठिन भएको छ ।

गएराति भएको खेलमा लिड्स युनाइटेडसँग लिभरपुलले १–१ गोलको बराबरी खेल्यो ।

तुलनात्मक रुपमा कमजोर मानिएको लिड्ससँग खेलेको बराबरीले प्रिमियर लिगको उपाधि दौडबाट बाहिरिसकेको लिभरपुललाई शिर्ष चारमा पर्न पनि कठिन भएको छ ।

यदि जारी सिजनमा लिभरपुल प्रिमियर लिगको अन्तिम चारमा पनि पर्न असफल भएमा च्याम्पियन्स लिग खेल्नबाट समेत बन्चित हुनेछ ।

खेलमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले खेलको ८७औं मिनेटमा गोल खाँदै बराबरीमा खेल टुंग्याएको हो ।

महत्वपूर्ण खेलमा एक अंकमै सीमित बनेको लिभरपुल लिगको छैटौं स्थानमा छ ।

३२ खेलबाट लिभरपुलको ५३ अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७४ अंक हुँदा समान खेलबाट म्यानचेस्टर युनाइटेड ६६ अंक जोडेदै दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लेस्टर सिटी ५६ अंकको साथ तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानको वेष्ट हामको ३२ खेलबाट ५५ अंक छ ।

पाँचौ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५४ अंक छ ।

यो पनि https://www.akhabarnepal.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%af-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8/पढेनु होस्

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...