YouTube Link

इंगलिस प्रिमियर लिगमा लिभरपुललाई शिर्ष चारमा पर्न कठिन

Facebook Link

एजेन्सीः इंगलिस प्रिमियर लिगमा लिभरपुललाई शिर्ष चारमा पर्न कठिन लिभरपुलको प्रदर्शन जारी सिजनमा सोचे भन्दा खराब रहयो ।

च्याम्पियन्स लिगमा क्वाटरफाइनल बाटै बाहिरिएको छ ।

इंग्लिस प्रिमियर लिगमा पनि एकपछि अर्को खराब प्रदर्शन गरिरहेको छ ।

डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंगलिस प्रिमियर लिगको सुरुवाती खेलहरुमा उत्कृष्ट खेल्दै आफू बलियो भएको दाबी गरेको थियो ।

तर लिगको मध्यतिरबाट भने लिभरपुलको प्रदर्शन खस्किदै गयो ।

अहिले लिभरपुललाई प्रिमियर लिगको अन्तिम चारमा पर्न पनि कठिन भएको छ ।

गएराति भएको खेलमा लिड्स युनाइटेडसँग लिभरपुलले १–१ गोलको बराबरी खेल्यो ।

तुलनात्मक रुपमा कमजोर मानिएको लिड्ससँग खेलेको बराबरीले प्रिमियर लिगको उपाधि दौडबाट बाहिरिसकेको लिभरपुललाई शिर्ष चारमा पर्न पनि कठिन भएको छ ।

यदि जारी सिजनमा लिभरपुल प्रिमियर लिगको अन्तिम चारमा पनि पर्न असफल भएमा च्याम्पियन्स लिग खेल्नबाट समेत बन्चित हुनेछ ।

खेलमा साडियो मानेको गोलबाट लिभरपुलले अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले खेलको ८७औं मिनेटमा गोल खाँदै बराबरीमा खेल टुंग्याएको हो ।

महत्वपूर्ण खेलमा एक अंकमै सीमित बनेको लिभरपुल लिगको छैटौं स्थानमा छ ।

३२ खेलबाट लिभरपुलको ५३ अंक छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३२ खेलबाट ७४ अंक हुँदा समान खेलबाट म्यानचेस्टर युनाइटेड ६६ अंक जोडेदै दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको लेस्टर सिटी ५६ अंकको साथ तेस्रो स्थानमा रहेको छ भने चौथो स्थानको वेष्ट हामको ३२ खेलबाट ५५ अंक छ ।

पाँचौ स्थानमा रहेको चेल्सीको ३१ खेलबाट ५४ अंक छ ।

यो पनि https://www.akhabarnepal.com/%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%80%e0%a4%af-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a5%80-%e0%a4%9f%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%a8/पढेनु होस्

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...