YouTube Link

आत्मघाति गोल उपहारसँगै थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुवात

Facebook Link

काठमाडौं: थ्री नेसन्स कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तान यु-२३ लाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।

 

दशरथ रंगशालामा भएको खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले कठिन जित सुनिश्चित गर्‍यो ।

 

२०१३ पछि पहिलो पटक दशरथ रंगशालामा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान यु-२३ र बंगलादेश सहभागी छन् ।

 

राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

 

आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तान यु-२३ को सामना गर्नेछ ।

 

विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुन: स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको अयाोजना गरेको हो ।

 

प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

 

प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...