इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको जित
वि.सं.२०७७ फागुन २५ मंगलवार ०७:५९
1.5K
shares
एजेन्सी: इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले एट्लान्टालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले खेलको ५४औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
जितसँगै इन्टरले उपाधि होड बलियो बनाएको छ । दोस्रो स्थानको एसी मिलानमाथि ६ अंकको अग्रता बनाएको छ ।
इन्टरले २६ खेलमा ६२ अंक जोडेको छ । मिलानको २६ खेलमा ५६ अंक रहेको छ ।
वि.सं.२०७७ फागुन २५ मंगलवार ०७:५९




















