इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामको सहज जित
वि.सं.२०७७ फागुन २५ मंगलवार ०८:०२
1.8K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले लिड्स युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा वेस्ट ह्यामलाई जित दिलाउन जेसे लिंगार्ड र क्रेग डसनले एक एक गोल गरे ।
खेलको २१ औं मिनेटमा लिंगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
लिंगार्डले आफ्नै पेनाल्टी लिड्सका गोलकिपर इलनले रोकेपछि आएको रिबाउण्ड बलमा गोल गरेका थिए ।
त्यसपछि खेलको २८औं मिनेटमा डसनले गोल गर्दै वेस्ट ह्यामलाई २-० को जित दिलाए ।
जितसँगै वेस्ट ह्याम लिगको पाँचौं स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले २७ खेलमा ४८ अंक जोडेको छ ।
लिड्स ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानको जित
मोनाको फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश
वि.सं.२०७७ फागुन २५ मंगलवार ०८:०२



















