मोनाको फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश
वि.सं.२०७७ फागुन २५ मंगलवार ०७:५६
1.4K
shares
एजेन्सी: लिग वान क्लब मोनाकोले निसलाई २-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
मोनाकोलाई जित दिलाउन केभिन भोलाण्ड र रुबेन अगुइलरले एक एक गोल गरे ।
निसको मैदानमा ३०औं मिनेटमा केभिनको गोलबाट मोनाकोले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा रुबेनले गोल गर्दै मोनाकोलाई २-० को जित दिलाए ।
अब मोनाकोले अन्तिम १६ मा एफसी मेट्जसँग खेल्नेछ ।
वि.सं.२०७७ फागुन २५ मंगलवार ०७:५६



















