अखिल नेपाल फुटबल संघले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने
वि.सं.२०७७ फागुन २२ शनिवार ०८:२१
2.1K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ एन्फाले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एन्फाले चैतमा त्रिदेशीय अन्तराष्ट्रिय फुटबल आयोजना गर्ने जनाएको छ । प्रतियोगिता चैत ९ देखि १७ (मार्च २२ देखि ३०) सम्म हुनेछ ।
दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपाल, बंगलादेश र किर्गिस्तानले खेल्ने छन् ।
किर्गिस्तानको टिम भने यू-२३ टिम हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कुल ४ खेल हुनेछ ।
विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेल रद्ध हुने बित्तिकै एन्फाले अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी गरेको थियो ।
नेपालमा अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गरेर विश्वकप छनोटका लागि दबाब दिने रणनीतिमा एन्फा लागेको हो ।
एन्फा अन्तराष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गरेर विश्वकप छनोटको बाँकी खेल घरेलु भुमिमै सञ्चालन गर्न चाहेको छ ।
मेलम्ची खानेपानी पानी आज काठमाडौं आइपुग्ने, प्रधानमन्त्री ओली अवलोकन गर्न जाँदै
वि.सं.२०७७ फागुन २२ शनिवार ०८:२१




















