इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित
वि.सं.२०७७ फागुन १९ बुधवार ०८:५६
1.6K
shares
एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सलाई ४-१ गोल अन्तरले हराउँदै शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकालेको छ ।
गएराति भएको घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे ।
रियाद महरेजले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
उल्भ्सका कोर्नर कोएडीले एक गोल फर्काउदा लिन्डर डेनडोनकरले आत्मघाती गोल गरे ।
खेलको १५ औं मिनेटमा लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । ५६ औं मिनेटमा कोएडीले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ८० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए ।
९०औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पर्याए ।
खेलको इन्न्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए ।
जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध १५ अंकको अग्रता समेत बनाएको छ ।
सिटीले २७ खेलमा ६५ अंक जोडेको छ ।
२६ खेलमा युनाईटेडको ५० अंक रहेको छ ।
उल्भ्स ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
वि.सं.२०७७ फागुन १९ बुधवार ०८:५६



















