YouTube Link

नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच वार्ताको तयारी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच वार्ता हुने भएको छ ।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।

उता नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सचिवालयका सदस्य तथा प्रवक्ता ‘प्रकाण्ड’ को नेतृत्वमा केन्द्रीय सदस्य ‘दीपक’ सदस्य रहेको टोली गठन गरेको छ ।

सरकारले वार्ता टोली गठन गरेको कुरा सार्वजनिक भएलगत्तै मङ्गलबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले वार्ता टोली गठन गरेको कुरा एक विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् ।

टोलीको नेतृत्वमा रहेका ‘प्रकाण्ड’ पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा हुन् ।

उनी चन्दा उठाएको लगायत अन्य केही अभियोगमा पटकपटक पक्राउ पर्दै अदालतको आदेशले मुक्त भएका नेता हुन् ‘दीपक’ भनिएका उदय चलाउने पार्टीका केन्द्रीय सदस्य हुन् ।

सरकारले दुई वर्षअघि, २०७५ फागनु २८ गते, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यसपछि उक्त पार्टीका नेताहरू सार्वजनिक रूपमा देखिएका छैनन् ।

एक महिनाअघि, माघ २० गते, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापाले ललितपुरको नख्खु जेलमा पुगेर विप्लवको पार्टीका एकजना नेता हेमन्तप्रकाश ओलीसँग भेट गरेका थिए ।

उक्त भेटलाई वार्ताको वातावरण बनाउने सरकारको प्रयास मानिएको थियो ।

चन्दको पार्टीले सरकारसँग वार्ताका लागि जेलमा रहेका आफ्ना सबै नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा गर्नुपर्ने शर्त राखेको छ ।

पार्टीका उच्च नेताहरू हेमन्तप्रकाश ओली, धर्मेन्द्र बाँस्तोला, ओमप्रकाश पुन, माइला लामा लगायत १२५ जनाभन्दा बढी नेता कार्यकर्ता जेलमा छन् ।

विप्लवको पार्टी कुन शर्तमा वार्तामा बस्न तयार भयो भन्ने जानकारी दिइएको छैन । सरकारले विप्लवको पार्टीका सदस्यहरूलाई पक्राउ गर्न पनि छाडेको छैन ।

पहिलो संविधानसभा भङ्ग भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा माओवादी पार्टी विभाजित भएको थियो ।

मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्फा भुसाल, ‘विप्लव’ लगायत नेताहरू बाहिरिएर संविधानसभाबाट संविधान नबनाउने निष्कर्षसहित उनीहरूले अर्को पार्टी गठन गरेका थिए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएपछि प्रधानमन्त्री ओलीले विप्लवसँग वार्ताको रणनीति बनाएको अनुमान गरिएको छ ।

वर्तमान संविधान र राज्य व्यवस्था नै अस्वीकार गरेको विप्लवको पार्टीसँग हुने वार्ताको परिणाम कस्तो होला भन्ने चासो बढेको छ ।

दुवै पक्षबाट वार्ता टोली गठनबाहेक वार्ताको स्वरूपबारे हालसम्म केही पनि बताइएको छैन ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, सार्वजनिक पदको हैसियतमा कुनैपनि औपचारिक कार्यक्रममा सहभागी हुन रोक

वि.सं.२०८३ असोज २७ मंगलवार १२:१८

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य खगेन्द्र...