युरोपियन च्याम्पियन्स लिगअन्तर्गत पोर्टोसँग युभेन्ट्स पराजित
वि.सं.२०७७ फागुन ६ बिहीवार १०:५८
1.7K
shares
एजेन्सी: युरोपियन च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्ट्स पोर्चुगलको एफसी पोर्टोसँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा पहिलो हाफमै अग्रता लिएको पोर्टोले २-१ गोलले युभेन्टसलाई हराएको हो ।
उसका लागि खेल सुरू भएको ६३ औं सेकेन्डमै म्हेडी तरेमीले गोल गरेका थिए ।
दोस्रो हाफमा पनि पहिलो मिनेटमै मोस्सा मारेगाले गोल गरेपछि पोर्टो २-० ले अगाडि रहेको थियो ।
युभेन्ट्सका फेडेरिको किएजाले खेलको ८२ औं मिनेटमा गोल फर्काएका थिए ।
त्यसपछि गोल गर्न नसकेपछि युभेन्ट्स पोर्टोको घरेलु मैदानमा पराजित भएको हो ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ फागुन ६ बिहीवार १०:५८


















