YouTube Link

एपीएफका खेलाडी दीपेश र जेशिकाले जिते प्रधानमन्त्री कप

Facebook Link

चितवन: भरतपुरमा भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरूष र महिलातर्फको उपाधि एपीएफका खेलाडीले जितेका छन् ।

महिला तथा पुरूष एकल स्पर्धाका विजेता खेलाडीहरू दीपेश धामी र जेशिका गुरूङले समान नगद १ लाख १५ हजार प्राप्त गरे ।

यस्तै, दोश्रो हुने प्रिन्स दाहाल र रशिला महर्जनले समान ५५ हजार हासिल गरे ।

पुरूष तर्फ निकै प्रतिस्पर्धी खेलमा दीपेशले प्रिन्सलाई २१–१९, २२–२० ले हराएका हुन् ।

धामीले हालै सिरहाको गोलबजारमा भएको १०औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मल्हम लगाएका छन् ।

उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाइनलमा पराजित भएका थिए ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको महिलातर्फ जेशिकाले जितको निरन्तरतालाई कायम राखेकी छन् ।

उनले फाइनलमा सेनाकी रशिलामाथि जित निकालिन् ।

जेशिकाले जित निकाल्ने क्रममा २१–१८, १७–२१, २१–१७ ले रशिलालाई पन्छाएकी थिइन् ।

सिरहाको गोलबजारमा सम्पन्न १० औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि उनले रशिलालाई पराजित गर्दै उपाधि जितेकी थिइन् ।

राष्ट्रिय २० वरीयताभित्रका खेलाडीहरूको बीच भएको पुरूष युगलतर्फ सेनाका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो ।

फाइनलमा नवीन र रत्नको जोडीले एपिएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित ग¥यो ।

विजयी खेलाडीहरूले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८-८ हजार प्राप्त गरे ।

सेनाका सुरज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएको छ ।

महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै राष्ट्रिय २० वरियता बाहेकका खेलाडीहरूका बीच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् ।

विजयी खेलाडीहरूले ५० हजार, उपविजयी खेलाडीहरूले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७-७ हजार प्राप्त गरे ।

ब्वाइज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले ।

गल्र्सतर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन् ।

उनले कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१० ले पराजित गरिन् ।

विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे ।

उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५ / ५ हजार प्राप्त गरे ।

यस्तै, ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पुर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी चुमे ।

चौधरी र श्रेष्ठको जोडीले बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी लाई १२–२१, २१–१५, २१–१४ ले पराजित गरे ।

विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५- ५ हजार प्राप्त गरे ।

पुरूष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पँर्णहरि होना र सञ्जय कपालीको जोडीले विजय पाए ।

होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%88-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...