YouTube Link

एपीएफका खेलाडी दीपेश र जेशिकाले जिते प्रधानमन्त्री कप

Facebook Link

चितवन: भरतपुरमा भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरूष र महिलातर्फको उपाधि एपीएफका खेलाडीले जितेका छन् ।

महिला तथा पुरूष एकल स्पर्धाका विजेता खेलाडीहरू दीपेश धामी र जेशिका गुरूङले समान नगद १ लाख १५ हजार प्राप्त गरे ।

यस्तै, दोश्रो हुने प्रिन्स दाहाल र रशिला महर्जनले समान ५५ हजार हासिल गरे ।

पुरूष तर्फ निकै प्रतिस्पर्धी खेलमा दीपेशले प्रिन्सलाई २१–१९, २२–२० ले हराएका हुन् ।

धामीले हालै सिरहाको गोलबजारमा भएको १०औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा भएको हारमा मल्हम लगाएका छन् ।

उक्त प्रतियोगितामा धामी प्रिन्ससँग फाइनलमा पराजित भएका थिए ।

चितवन ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको महिलातर्फ जेशिकाले जितको निरन्तरतालाई कायम राखेकी छन् ।

उनले फाइनलमा सेनाकी रशिलामाथि जित निकालिन् ।

जेशिकाले जित निकाल्ने क्रममा २१–१८, १७–२१, २१–१७ ले रशिलालाई पन्छाएकी थिइन् ।

सिरहाको गोलबजारमा सम्पन्न १० औं पुष्पलाल स्मृति ¥याकिङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पनि उनले रशिलालाई पराजित गर्दै उपाधि जितेकी थिइन् ।

राष्ट्रिय २० वरीयताभित्रका खेलाडीहरूको बीच भएको पुरूष युगलतर्फ सेनाका नवीन श्रेष्ठ र रत्नजित तामाङको जोडी विजयी भयो ।

फाइनलमा नवीन र रत्नको जोडीले एपिएफका दीपेश धामी र गौतम कठायतको जोडीलाई २१–११, २१–१५ ले पराजित ग¥यो ।

विजयी खेलाडीहरूले नगद ६० हजार, दोश्रोले ३० हजार र तेश्रोले ८-८ हजार प्राप्त गरे ।

सेनाका सुरज महर्जन र पविन लिनथेपको जोडी पुरुष युगलमा विजयी भएको छ ।

महर्जन र लिनथेपको जोडीले फाइनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै राष्ट्रिय २० वरियता बाहेकका खेलाडीहरूका बीच भएको प्रतिस्पर्धाको ट्रफी उचालेका हुन् ।

विजयी खेलाडीहरूले ५० हजार, उपविजयी खेलाडीहरूले २५ हजार र तेश्रो हुनेले दुई जोडीले ७-७ हजार प्राप्त गरे ।

ब्वाइज यु १७ तर्फको खेलमा सेनाका आयुष्मान नागरीले सुर्खेतका नरेन्द्र बमलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधि उचाले ।

गल्र्सतर्फ भने सेनाकी रशिला महर्जनले जित हात पार्दै उपाधि कब्जा गरिन् ।

उनले कैलालीकी प्राथना देउवालाई २१–१५, २१–१० ले पराजित गरिन् ।

विजयी खेलाडीहरूले नगद ३० हजार प्राप्त गरे ।

उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५ / ५ हजार प्राप्त गरे ।

यस्तै, ५५ वर्ष माथिको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पुर्वअध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी चुमे ।

चौधरी र श्रेष्ठको जोडीले बागलुङका राजेन्द्र शाक्य र धादिङका विष्णुलाल श्रेष्ठको जोडी लाई १२–२१, २१–१५, २१–१४ ले पराजित गरे ।

विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५- ५ हजार प्राप्त गरे ।

पुरूष ४५ वर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पँर्णहरि होना र सञ्जय कपालीको जोडीले विजय पाए ।

होना र कपालीको जोडीले कैलालीका वीरेन्द्र सिंह विष्ट र बाँकेका अनिल लाखेको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।

विजयी खेलाडीहरूले नगद ३० हजार र उपविजयी खेलाडीहरूले १५ हजार र तेश्रो हुनेले ५-५ हजार प्राप्त गरे ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b8%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a4%9c%e0%a4%bf%e0%a4%b2%e0%a5%88-%e0%a4%89%e0%a4%aa%e0%a4%be%e0%a4%a7%e0%a4%bf-%e0%a4%9c%e0%a4%bf%e0%a4%a4%e0%a5%8d/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...