राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुरबीच प्रतिष्पर्धा
वि.सं.२०७७ माघ २८ बुधवार ०८:४९
1.6K
shares
काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा आज एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र चन्द्रपुरबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह २ बजे सुरु हुनेछ ।
रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।
जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।
एपीएफ शीर्ष स्थानमा रहेको छ । चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
वि.सं.२०७७ माघ २८ बुधवार ०८:४९



















