YouTube Link

राष्ट्रिय महिला लिगमा आज दुई खेल

Facebook Link

काठमाडौंः राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन्।

पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र विभागीय क्लब त्रिभुवन आर्मी फुटबलबीच प्रतिस्पर्धा हुनेछ।

अंकविहीन चौदण्डीगढी नगरपालिका आर्मीविरुद्धको खेलमा अंक खोस्ने लक्ष्यमा हुनेछ।

बिहान ११ः३० मा हुने खेलमा आर्मी भने स्पष्ट जित निकाल्दै १३ अंक बनाउने लक्ष्यमा छ।

आर्मी लिगको दोस्रो स्थानमा छ।

आर्मीले पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ।

यता, चौदण्डीगढी भने पाँच खेलमा सबै खेल हार्दै अंकविहीन छ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकासँग प्रतिस्पर्धा गर्दैछ।

पुलिस लिगको तेस्रो स्थानमा रहँदा विराटनगर पाँचौं स्थानमा छ।

पुलिसको पाँच खेलमध्ये दुई खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै आठ अंक छ।

विराटनगरको भने पाँचमध्ये दुई खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरीसहित सात अंक छ।

विराटनगर र पुलिसबीचको खेल सकिएसँगै लिगको पहिलो चरणका खेलहरु सकिने छन्।

अहिलेसम्म एपिएफले ६ खेलमा शतप्रतिशत नजिता निकाल्दै १८ अंक बनाएको छ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a5%81%e0%a4%88-%e0%a4%97%e0%a5%8b%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%ad/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...