YouTube Link

आहा रारा गोल्डकप चैत १७ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा

Facebook Link

काठमाडौः सहारा क्लब पोखराको आयोजनामा १९ औं संस्करणको आहा रारा गोल्डकप चैत तेस्रो सातादेखि पोखरा रंगशालामा शुरू हुने भएको छ ।

आयोजकले शनिवार पत्रकार सम्मेलन गरी चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा आहा रारा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

प्रतियोगितामा १२ टीमको प्रतिस्पर्धा हुने क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार क्लबले कोभिड–१९ बीच पनि विदेशी, स्वदेशी ‘ए’ डिभिजनका क्लब तथा मोफसलका गरी १२ टीमको सहभागिता गराउने प्रयास छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ मूलमन्त्रका साथ क्लबले फूटबलमार्फत सामाजिक सेवा गर्ने उद्देश्यले झण्डै २ दशकदेखि नियमित रूपमा प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।

प्रतियोगिताको कूल अनुमानित आम्दानी १ करोड ३० लाख १ हजार रुपैयाँ र खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको छ ।

बचत रकम क्लबबाट सञ्चालित सहारा फूटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरू आश्रित छन् ।

२०६१ सालदेखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत उनीहरूलाई फूटबल प्रशिक्षण समेत सहारा फूटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आएको छ ।

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा हुँदै आएको प्रतियोगितामा गत वर्षको विजेता मनाङ्ग मस्र्याङ्दी क्लब र उपविजेता नेपाल पुलिस क्लब हो ।

पत्रकार सम्मेलनमा राखेप सदस्य राजेश गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक अट्ने गरी काम शुरू गरिने बताए ।

उनका अनुसार पोखराको पर्यटनलाई खेल क्षेत्रबाट समेत दीगो बनाउन रंगशालामा ‘फ्लड लाइट’को व्यवस्था अपरिहार्य रहेकाले राखेप यसबारे काम अघि बढाउने तयारीमा छ ।

सहारा युकेका महासचिव धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै प्रतियोगितामा वितरण गरिने पदकहरू युकेबाट ल्याउने गरी पहल गरिने बताए ।

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...