YouTube Link

आहा रारा गोल्डकप चैत १७ गतेदेखि २८ गतेसम्म पोखरा रंगशालामा

Facebook Link

काठमाडौः सहारा क्लब पोखराको आयोजनामा १९ औं संस्करणको आहा रारा गोल्डकप चैत तेस्रो सातादेखि पोखरा रंगशालामा शुरू हुने भएको छ ।

आयोजकले शनिवार पत्रकार सम्मेलन गरी चैत १७ देखि २८ गतेसम्म पोखरा रंगशालामा आहा रारा गोल्डकप प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो ।

प्रतियोगितामा १२ टीमको प्रतिस्पर्धा हुने क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार क्लबले कोभिड–१९ बीच पनि विदेशी, स्वदेशी ‘ए’ डिभिजनका क्लब तथा मोफसलका गरी १२ टीमको सहभागिता गराउने प्रयास छ ।

‘खेलकुदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं’ मूलमन्त्रका साथ क्लबले फूटबलमार्फत सामाजिक सेवा गर्ने उद्देश्यले झण्डै २ दशकदेखि नियमित रूपमा प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ ।

प्रतियोगिताको कूल अनुमानित आम्दानी १ करोड ३० लाख १ हजार रुपैयाँ र खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ अनुमान गरिएको छ ।

बचत रकम क्लबबाट सञ्चालित सहारा फूटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेस्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरू आश्रित छन् ।

२०६१ सालदेखि आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षा लगायत उनीहरूलाई फूटबल प्रशिक्षण समेत सहारा फूटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आएको छ ।

हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा हुँदै आएको प्रतियोगितामा गत वर्षको विजेता मनाङ्ग मस्र्याङ्दी क्लब र उपविजेता नेपाल पुलिस क्लब हो ।

पत्रकार सम्मेलनमा राखेप सदस्य राजेश गुरुङले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै पोखरा रंगशालामा २० हजार दर्शक अट्ने गरी काम शुरू गरिने बताए ।

उनका अनुसार पोखराको पर्यटनलाई खेल क्षेत्रबाट समेत दीगो बनाउन रंगशालामा ‘फ्लड लाइट’को व्यवस्था अपरिहार्य रहेकाले राखेप यसबारे काम अघि बढाउने तयारीमा छ ।

सहारा युकेका महासचिव धनु थकालीले प्रतियोगिता सफल बनाउन सहारा युकेको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै प्रतियोगितामा वितरण गरिने पदकहरू युकेबाट ल्याउने गरी पहल गरिने बताए ।

यो पनि पढ्नु होस्

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...