राष्ट्रिय महिला लिग फुटबलमा आर्मीको फराकिलो जित
वि.सं.२०७७ माघ १६ शुक्रवार १६:०३
3.2K
shares
काठमाडौं: राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४/४ गोल गरिन् । यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् ।
जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ ।
चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
वि.सं.२०७७ माघ १६ शुक्रवार १६:०३




















