इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको जित
वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:१६
2.3K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोल अन्तरले पराजित गर्दै सहज जित निकालेको छ ।
टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे ।
टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए । रोमान्चक बनेको खेलको तेस्रो मिनेटमा सन ह्युङ मिनले गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाए ।
खेलको ४७ औं मिनेटमा आर्नोल्डले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।
४९ औं मिनेटमा इमिलले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । ६५ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
जितसंगै लिभरपुल तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।
लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । टोटेनहमको ३३ अंक सहित छैटौं स्थानमा उक्लिएको छ ।
वि.सं.२०७७ माघ १६ शुक्रवार ०८:१६



















