YouTube Link

प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्सेमा साग स्वर्णधारी पार्वतीलाई स्वर्ण

Facebook Link

काठमाडौं: १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोकी स्वर्ण विजेता पार्वती गुरुङले प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् ।

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिताको महिला १५ वर्षमा सुपर स्टार तेक्वान्दो डोजाङकी माया मल्ल ६.६६ अंक साथ प्रथम भइन् ।

सोही स्पर्धाको पुरुषमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुश ढुंगेल प्रथम भए । उनले ६.३६ अंक प्राप्त गरे ।

सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष १० वर्षमा एनटीएका प्रशान्त धमलाले स्वर्ण जिते । उनले ५.५३ अंक जोडे ।

पुरुष १२ वर्षमा एनटीएका भिजन तामाङ ५.८० अंक जोड्दै शीर्ष स्थानमा रहे । महिला ३१–४० वर्ष स्पर्धामा ६.३० अंक जोडेकी तृप्ति बुढाथोकी प्रथम भइन् ।

प्रतियोगिताको सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । २ सय खेलाडी सहभागी दुईदिने प्रतियोगितामा विभिन्न १४ स्पर्धा समावेश छन् ।

 

कोरोना महामारीका कारण बन्द रहेको कुस्तीको प्रशिक्षण सुरु हुँदै
पिएसजीका प्रशिक्षक पोचेटिनो :एम्बाप्पेले सुधार गर्नुपर्छ

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...