म्यानचेस्टर युनाइटेडले अग्रता जोगाउन नसक्दा २ अंक गुमायो
वि.सं.२०७७ पुस १२ आइतवार ०९:३७
3.8K
shares
काठमाण्डौ: इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । म्यानचेस्टर युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे ।
लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो ।
यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।
यो पनि पढ्नु होस्
वि.सं.२०७७ पुस १२ आइतवार ०९:३७



















