YouTube Link

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरद्वारा किङ्स इलाभेन पन्जाब पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर एक सय ८५ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए । कप्तान विराट कोहली १३ रनमा आउट भए । पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए । जितसंगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...