YouTube Link

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरद्वारा किङ्स इलाभेन पन्जाब पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । एम चिन्नास्वामी स्टेडियममा बुधबार भएको खेलमा बैंगलोरले पन्जाबलाई १७ रनले पराजित गरेको हो ।

बैंगलोरले दिएको २०३ रनको फराकिलो लक्ष्य सहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर एक सय ८५ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए । बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए । कप्तान विराट कोहली १३ रनमा आउट भए । पन्जाबका मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १/१ विकेट लिए । जितसंगै बैंगलोरले पन्जाबलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

रियललाई हराउँदै पिएसजी फाइनलमा, उपाधि भिडन्त चेल्सीसँग

वि.सं.२०८२ असार २६ बिहीवार ०९:४८

एजेन्सी: रियल मड्रिडलाई ४-० गोल अन्तरले हराउँदै अमेरिकामा जारी फिफा...

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

नेपाली महिला टोलीका लागि इतिहास उल्ट्याउने अवसर

वि.सं.२०८२ असार २१ शनिवार ०७:०८

काठमाडौं: एएफसी महिला एसियन कप २०२६ को यात्राका लागि आज...

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

नेपाली महिला फुटबल टोलीलाई उज्बेकिस्तानसँगको बराबरीको नतिजाले पर्याप्त नहुने, बंगलादेश पहिलोपटक एसियन कपमा छनोट

वि.सं.२०८२ असार १९ बिहीवार ०९:३४

काठमाडौं: एएफसी एसियन कप २०२६ अस्ट्रेलिया पुग्न नेपाली महिला राष्ट्रिय...

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

एसियन कप छनोटमा आज नेपालले श्रीलंकासँग खेल्दै

वि.सं.२०८२ असार १८ बुधवार १०:५८

काठमाडौं: एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग...

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालको पहिलो जित

वि.सं.२०८२ असार ४ बुधवार ०५:३८

काठमाडौं: नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२०आई सिरिजको तेस्रो...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...