इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामविरूद्ध चेल्सीको जित
वि.सं.२०७७ पुस ७ मंगलवार ०८:२४
1.6K
shares
एजेन्सीः इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित निकालेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।
चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे ।
सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता दिलाएको खेलमा अब्राहमले ७८औँ र ८०औँ मिनेटमा गोल गर्दै जित दिलाए ।
जितसँगै १४ खेलमा २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा उक्लिएको छ ।
पराजित वेस्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।
वि.सं.२०७७ पुस ७ मंगलवार ०८:२४




















