राजनीतिक दल सम्बन्धीको अध्यादेश ल्याउने तयारीमा ओली
वि.सं.२०७७ पुस ७ मंगलवार १०:५३
2.4K
shares
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका छन् ।
आजै मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर दल फुटाउने सहज हुने गरीको अध्यादेश ल्याउने ओलीको तयारी छ । गत वैशाखमा ल्याएको दल फुटाउन सहज हुने गरीको अध्यादेशमा केही परिमार्जन सहित अघि बढाउने उनको तयारी रहेको बुझिएको छ ।
स्रोतका अनुसार बहुमत देखाएर नेकपाकै दाहाल-नेपाल समूहले आफूलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिनुअघि नै निर्वाचन आयोगमा उनीहरूलाई कारबाही गरिएको पत्र पठाइसकेका ओलीले दल फुटाउन सहज हुने अध्यादेश राष्ट्रपतिलाई सिफारिसको तयारी गरेका छन् ।
हालको व्यवस्था अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत सदस्य चाहिन्छ ।
ओलीले अहिले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठक मार्फत ३०० जना नयाँ केन्द्रीय सदस्य पनि थप्न लागेका छन् । ती सदस्यलाई आजै सपथग्रहणको तयारी पनि ओलीले गरेका छन् ।
वि.सं.२०७७ पुस ७ मंगलवार १०:५३



















