YouTube Link

जिदानको स्वीकारोक्ति इस्कोलाई क्षमताअनुसार अवसर दिएको छैन

Facebook Link

 

काठमाडौं : स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानको इस्कोलाई आफूले पर्याप्त अवसर नदिएको स्वीकार गरेका छन् । पछिल्लो समय इस्कोले धेरै समय खेल्ने चाहना राख्दै क्लब छाड्न चाहेको समाचार बाहिर आएका बेला जिदानको यस्तो प्रतिक्रिया बाहिर आएको  छ ।

 

‘इस्को महत्वपूर्ण खेलाडीको रुपमा रहनेछन्, यो सत्य हो कि उनले धेरै खेलिरहेका छैनन् र उनले आफू कस्तो खेलाडी हो भनेर देखाउनका लागि मैले उनलाई अवसर दिइरहेको छैन’ जिदानले भने, ‘मेरो खेलाडीका लागि म माफी माग्छु र उनीहरुसंग मैले जुन अनुभव गरेको छु त्यो म कहिल्यै बिर्सने छैन ।’

 

इस्कोले अवसर पाउन मेहनत गर्नुपर्ने पनि जिदानले बताए । ‘अर्को अवसरका लागि उनले कडा मेहनत गर्नुपर्छ तर बाहिर मिडियामा जे आइरहेको छ त्यसमा म प्रतिक्रिया दिन सक्दिन किनकी त्यसमा हाम्रो कन्ट्रोल छैन । रियलले पछिल्लो तीन खेल खेल्नुअघि जिदानको पद धरापमा थियो । तर उनले कठिन समयमा रियलको प्रशिक्षकको रुपमा सफलता हात पारे । ‘म कुनै कुरा प्रमाणित गर्ने लक्ष्य राख्दिन । म यहाँ भएको हरेक मोमेन्टको फाइदा लिनेछु’ जिदानले भने ।

 

उनले आफूसँग राम्रा खेलाडी रहेको र उनीहरुसंग काम गर्नुबाहेक अरु केही कुरा नरहेको पनि बताए । पछिल्लो तीन खेलमा रियलले सेभिया, बोरुसिया मोन्चेनग्लाडबाक र एट्लेटिको मड्रिडलाई पराजित गरेको थियो । च्याम्पियन्स लिगमा पनि समूह विजेता बन्दै नकआउट चरणमा पुगेको रियलले इटालियन क्लब एटलान्टासंग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

 

जिदानले इटालियन क्लबसंग सचेत रहेको पनि बताए । ‘हामीलाई थाहा छ उनीहरुको कस्तो टिम हो भनेर र सम्मान पनि छ । त्यो खेल फेब्रुअरीमा खेलिनेछ तर भोलिको खेल महत्वपूर्ण छ, एथ्लेटिको बिल्बाओसंग ला लिगाको खेलअघि जिदानले भने, ‘यो हाम्रो लागि अर्को राम्रो अवसर हुनेछ ।’ मड्रिड डर्बीमा जित हात पारेपछि रियल मड्रिडको मनोबल उच्च रहेको छ ।

 

यो पनि पढ्नु होस

https://www.akhabarnepal.com/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...