YouTube Link

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरद्वारा शीर्ष स्थानको चेन्नई सुपर किङ्स एक रन पराजित

Khanepani Dhal
Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले शीर्ष स्थानको चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।

आईतबार भएको रोमान्चक खेलमा पुछारको बैंगलोरले चेन्नईलाई १ रनले हराएको हो । बैंगलोरस्थित चिन्नास्वामी स्टेडियममा बैंगलोरले दिएको एक सय ६२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर एक सय ६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रन्को अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गरे । चेन्नईलाई अन्तिम ओभरमा २६ रन आवश्यक रहेको बेला धोनीले उमेश यादबको पाँच बलमा ३ छक्का, एक चौका र २ रन जोड्दै टोलीलाई जित नजिक पुर्याएका थिए । चेन्नईलाई अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेको थियो । तर, अन्तिम बलमा शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभर खेल्दै ७ विकेट गुमाएर एक सय ६१ रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोइन अलिले २६, एबी डी भिलियर्सले २५ र आकाश दिप नाथले २४ रन बनाए । चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले २/२ विकेट लिए । चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ । पराजित चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईले १० खेलबाट १४ अंक जोडेको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

डेब्यू खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित

वि.सं.२०८१ माघ ५ शनिवार १५:१०

काठमाडौं: आइसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले डेब्यू...

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडियाकप फुटसल प्रतियोगिता आज

वि.सं.२०८१ पुस १० बुधवार ०७:३५

काठमाडौं: नेवाः पत्रकार दबुको आयोजनामा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष...

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

अग्रता जोगाउन नसक्दा नेपाल भुटानसँग बराबरीमा रोकियो

वि.सं.२०८१ पुस ७ आइतवार १६:२३

काठमाडौं: नेपालको महिला यू-१९ राष्ट्रिय टोली र भुटानको महिला यू-१९...

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

जनकपुर बोल्ट्सले उचाल्यो पहिलो संस्करणको एनपिएलको उपाधि

वि.सं.२०८१ पुस ६ शनिवार १६:०२

काठमाडौं: पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को...

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:१४

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध...

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

वि.सं.२०८१ पुस ६ शनिवार १२:००

काठमाडौं: सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज उपाधिका...