YouTube Link

हालान्डको चार गोलमा डर्टमण्डको शानदार जित

Facebook Link

काठमाडौं । एर्लिन ब्राट हालान्डको दोस्रो हाफमा ह्याट्रिक सहित चार गोलले जर्मन बुण्डेसलिगामा बोरुसिया डर्टमण्डले हेर्था बर्लिनमाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा डर्टमण्डले हेर्थालाई उसैको मैदानमा ५–२ ले पराजित गरेको हो ।

खेलमा एक गोलले पछि परेको अवस्थामा डर्टमण्डले दोस्रो हाफमा पुनरागमन गरेको हो । हालान्डको १५ मिनेटको ह्याट्रिकले डर्टमण्डले शानदार जित हात पारेको हो । ३३औं मिनेटमा माथेउज कुन्हाले गोल गर्दै घरेलु टोली हेर्थालाई पहिले अग्रता दिलाएका थिए । हेर्थाले पहिलो हाफमा अग्रता कायमै राख्यो । तर दोस्रो हाफमा हालान्ड चम्किए । हालान्डले ४७औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसको दुई मिनेटपछि नै हालान्डले गोल गर्दै डर्टमण्डलाई पहिलो पटक अग्रता दिलाए । ६२औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरे भने डर्टमण्डलाई ३–१ को अग्रता दिलाए । ७०औं मिनेटमा राफेल गुरेइरोले गोल गरेपछि डर्टमण्डले ४–१ को अग्रता बनायो । ७९औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तर घटाउन प्रयास गरे । तर ७९औं मिनेटमै हालान्डले व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौ गोल गरे ।

८६औं मिनेटमा हालान्डकै स्थानमा मैदान प्रवेश गर्दै डर्टमण्डका युसुउफा माउकोकोले कीर्तिमान बनाए । माउकोको बुण्डेसलिगामा डेब्यु गर्ने सबैभन्दा कम उमेरका खेलाडी बने । उनले १६ वर्ष १ दिनको हादा बुण्डेसलिगामा डेब्यु गरेका हुन् । मउकोकोले डर्टमण्डकै नुरी साहिनको कीर्तिमान तोडेका हुन् । साहिनले १६ वर्ष ११ महिना हुँदा डेब्यु गरेका थिए ।

यो पनि पढ्नु होस्  https://www.akhabarnepal.com/2020/11/19402/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...