YouTube Link

टोटेनहम म्यानचेस्टर सिटीलाई हराउँदै शीर्षस्थानमा

Facebook Link

काठमाडौं – जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार म्यानचेस्टर सिटीलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
टोटेनहमले घरेलु मैदानमा २–० को जित दर्ता गर्न सफल रहयो । टोटनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले समान एक एक गोल गरे ।

खेल अवधिभर सिटीले बल पोसेसनमा पकड जमाउँदैै आक्रमणको प्रयास गरेपनि मोउरिन्होको रक्षात्मक राणनीतिसामु पेप ग्वार्डिओलको टोलीले गोल गर्न सकेन । पहिलो हाफमा बराबरी गोल गरेपनि भीएआरले ह्याण्ड भएको निर्णय दिएपछि गोल मान्य भएको थिएन ।

टोटेनहम सनको गोलले पाँचौ मिनेटमा अग्रता लिन सफल भएको थियो । टांगी एनडोम्बेलेको चिप पासलाई सनले अफसाईड ट्रयाप बिट गर्दै नियन्त्रणमा लिदैं आघि बढेका गोलरक्षक एडरसन मोराएसको खट्टा मुनिबाट गोल गरेका थिए । पहिलो आक्रमणमै गोल गर्न सफल टोटेनहमले त्यसपछि राक्षत्मक खेल खेलेको थियो ।

२७औं लमिनेटमा सिटीले गोल फर्काए पनि भीएआरले त्यसलाई मान्यता दिएन । एमेरिक लापोर्टले ग्याब्रिएल जेससको पासमा गोल गरेका थिए र तर भीएआरमा जेससले पास दिएको बल नियन्त्रण गर्दा हातको प्रयोग गरेको देखिएको थियो । सिटीले पहिलो हाफमा सटिक आक्रमण बुन्न सकेको थिएन ।

दोस्रो हाफमा पनि बल पोसेसन राख्दै आक्रमण बुनेको सिटीले टोटेनहमको अनुशासित डिफेन्स तोड्न सकेन । जवाफमा मोउरिन्होले खेलाडी परिवर्तन गर्दै टोटनहमको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै मिडफिल्डर लो सेल्सोले गोल गरे । उनले ह्यारी केनको पासलाई पेनाल्टी क्षेत्रभित्र लाग्दै अघि बढेका गोरक्षक एडरसनलाई बिट गर्न सफल रहे ।

यस जित सँगै टाटेनहम अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ९ खेलमा ६ जित, २ बराबरी र १ हारसहित लन्डन क्लबले २० अंक जोडेको छ । पराजित म्यानचेस्टर सिटी भने ८ खेलमा १२ अंक जोड्दै दशौ स्थानमा छ ।

यो पनि पढ्नुहोस्

https://www.akhabarnepal.com/2020/11/19317/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...