YouTube Link

टोटेनहम म्यानचेस्टर सिटीलाई हराउँदै शीर्षस्थानमा

Facebook Link

काठमाडौं – जोसे मोउरिन्होको प्रशिक्षणमा रहेको टोटेनहम इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिवार म्यानचेस्टर सिटीलाई पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
टोटेनहमले घरेलु मैदानमा २–० को जित दर्ता गर्न सफल रहयो । टोटनहमको जितमा ह्युङ मिन सन र जिओभानी लो सेल्सोले समान एक एक गोल गरे ।

खेल अवधिभर सिटीले बल पोसेसनमा पकड जमाउँदैै आक्रमणको प्रयास गरेपनि मोउरिन्होको रक्षात्मक राणनीतिसामु पेप ग्वार्डिओलको टोलीले गोल गर्न सकेन । पहिलो हाफमा बराबरी गोल गरेपनि भीएआरले ह्याण्ड भएको निर्णय दिएपछि गोल मान्य भएको थिएन ।

टोटेनहम सनको गोलले पाँचौ मिनेटमा अग्रता लिन सफल भएको थियो । टांगी एनडोम्बेलेको चिप पासलाई सनले अफसाईड ट्रयाप बिट गर्दै नियन्त्रणमा लिदैं आघि बढेका गोलरक्षक एडरसन मोराएसको खट्टा मुनिबाट गोल गरेका थिए । पहिलो आक्रमणमै गोल गर्न सफल टोटेनहमले त्यसपछि राक्षत्मक खेल खेलेको थियो ।

२७औं लमिनेटमा सिटीले गोल फर्काए पनि भीएआरले त्यसलाई मान्यता दिएन । एमेरिक लापोर्टले ग्याब्रिएल जेससको पासमा गोल गरेका थिए र तर भीएआरमा जेससले पास दिएको बल नियन्त्रण गर्दा हातको प्रयोग गरेको देखिएको थियो । सिटीले पहिलो हाफमा सटिक आक्रमण बुन्न सकेको थिएन ।

दोस्रो हाफमा पनि बल पोसेसन राख्दै आक्रमण बुनेको सिटीले टोटेनहमको अनुशासित डिफेन्स तोड्न सकेन । जवाफमा मोउरिन्होले खेलाडी परिवर्तन गर्दै टोटनहमको अग्रता दोब्बर पारे । ६५औं मिनेटमा मैदान प्रवेश गरेको ३० सेकेन्ड नबित्दै मिडफिल्डर लो सेल्सोले गोल गरे । उनले ह्यारी केनको पासलाई पेनाल्टी क्षेत्रभित्र लाग्दै अघि बढेका गोरक्षक एडरसनलाई बिट गर्न सफल रहे ।

यस जित सँगै टाटेनहम अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ९ खेलमा ६ जित, २ बराबरी र १ हारसहित लन्डन क्लबले २० अंक जोडेको छ । पराजित म्यानचेस्टर सिटी भने ८ खेलमा १२ अंक जोड्दै दशौ स्थानमा छ ।

यो पनि पढ्नुहोस्

https://www.akhabarnepal.com/2020/11/19317/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...