YouTube Link

भारतमा जारी १२औं संस्करणको आईपीएल क्रिकेटमा सनराइजर्सद्वारा चेन्नई सुपर किङ्स पराजित

Facebook Link

काठमाडौं: भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ ।

बुधबार भएको खेलमा चेन्नई सनराइजर्स हैदरावादसंग ६ विकेटले पराजित भएको हो । राजिब गान्धी क्रिकेट स्टेडियममा चेन्नईले दिएको एक सय ३३ रनको सामान्य लक्ष्य घरेलु टोली हैदरावादले १६ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । हैदरावादका लागि जोनी बैयर्स्टो र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बैयर्स्टोले अविजित ६१ रन जोड्दा वार्नरले ५० रन बनाए । चेन्नईका इमरान ताहिरले २ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ३२ रन बनाएको थियो । चेन्नईका लागि फाफ डु प्लेसिसले ४५ रन जोड्दा सेन वाट्सनले ३१ रन बनाए । हैदरावादका राशिद खानेले २ विकेट लिए । घरेलु टोलीसँगको हारसँगै चेन्नईले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । चेन्नईले ९ खेलबाट १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा यथावत रहेको छ । चेन्नईलाई हराएसँगै हैदरावादले भने अंक तालिकामा सुधार गरेको छ । हैदरावाद ८ खेलबाट ८ अंक जोडेको छ । हैदरावाद पाँचौं स्थानमा छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

नेपाल र युएईबीचको भिड्न्त आज, खेल जित्नै पर्ने दबाबमा नेपाल

वि.सं.२०८२ कात्तिक १९ बुधवार ०७:२३

काठमाडौं: आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम...

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

पहिलो पटक जित्यो भारतीय महिला क्रिकेट टोलीले विश्वकप

वि.सं.२०८२ कात्तिक १७ सोमवार ०७:०३

काठमाडौं: भारतले पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि जितेको छ...

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

मिठाई ब्याबसायिक प्रमोसन कप-२०८२ को उपाधि तामाङ टोल ब्याइज (टिटिजी) जित्यो

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:३९

काठमाडौ: बक्स अफिस इन्टरनेसनल ग्रुपले हरेक ब्याबसायलाई फुटबलको माध्यमबाट युवा...

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

आज यूएई र नेपाल भिड्दै, नेपाललाई जित्नै पर्ने दबाब

वि.सं.२०८२ कात्तिक १३ बिहीवार ०७:२०

काठमाडौं: आइसीसी विश्वकप क्रिकेट लिग-२ मा आज नेपालले यूएईसँग प्रतिस्पर्धा...