Texas College
YouTube Link

भ्रष्टाचारको आरोप लागेका पेरुका पूर्व राष्ट्रपति अलन गार्सियाको उपचारको क्रममा निधन

Facebook Link

एजेन्सी: प्रहरीले पक्राउ गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेर आत्महत्याको प्रयास गरेका पेरुका पूर्वराष्ट्रपति अलन गार्सियाको निधन भएको छ ।

ब्राजिलको निर्माण कम्पनी ओडब्रेक्टबाट ३ करोड अमेरिकी डलरभन्दा धेरै रकम घुस लिएको अभियोग लागेका पूर्व राष्ट्रपतिलाई प्रहरीले गिरफ्तार गर्ने क्रममा आफूले आफैँलाई कन्चटमा गोली हानेका थिए । उनको राजधानी लिमामा रहेको कासिमिरो उलोआ अस्पतालमा उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कन्चटमा गोली हानी आत्महत्याको प्रयास गरेका उनको अस्पतालमा सघन उपचार कक्ष आईसीयुमा राखेर उपचार भइरहेको थियो । भ्रष्टाचार प्रकरणमा मुछिएका गार्सियाले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका थिए । यद्यपि उनलाई उक्त रकम घुस दिएको बारे भने ओडब्रेक्ट कम्पनीले स्वीकार गरिसकेको छ । यसै अभियोगमा उनलाई गिरफ्तार गर्न प्रहरी खटाइएको थियो ।

प्रहरीले गिरफ्तार गर्ने बेला उनले आफूले आफैँलाई कन्चटमा गोली हानेका थिए । उनी सन् १९८५ देखि १९९० र २००६ देखि २०११ सम्म पेरुको राष्ट्रपतिको जिम्मेवारीमा थिए । पेरुका अधिकांश जीवित पूर्व राष्ट्रपतिहरु कुनै न कुनै भ्रष्टाचार प्रकरणमा मुछिएको बताइन्छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...