सर्वोच्चमा प्रस्तावित पाँच न्यायाधीशको संसदीय सुनुवाइ आज
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:१०
1.1K
sharesकाठमाडौं: सर्वोच्च अदालतमा प्रस्तावित पाँच न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । समितिले न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्तासँग हिजो नै छलफल गरेको थियो । उजुरीकर्तासँगको छलफलपछि समितिले आज प्रस्तावित न्यायाधीशलाई सुनुवाइका लागि बोलाएको हो ।
प्रस्तावित पाँच न्यायाधीशमाथि पाँचवटा नै उजुरी परेका छन् । पाँचमध्ये एक उजुरी सैदान्तिक छ । एक उजुरी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामा प्रश्न उठाइएको छ । न्यायाधीशमा प्रस्तावितद्वय प्रकाश ढुङ्गाना र हरि फुयाँलविरुद्ध भने व्यक्ति किटान गरी उजुरी गरिएको छ । यस्तै, न्यायाधीशमा प्रस्तावित मनोजकुमार शर्माको सिफारिसमा सैद्धान्तिक प्रश्न उठाउँदै योग्यता नपुगेको प्रश्न गरिएको छ । सिफारिसमा परेका सुष्मलता माथेमा र कुमार रेग्मीविरुद्ध भने उजुरी परेका छैनन् ।
वि.सं.२०७६ वैशाख ५ बिहीवार ०९:१०