YouTube Link

नेपाल र बंगलादेश बराबरी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच भएको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको उपाधि बंगलादेशले जितेको छ ।
नेपालले पछिल्लो खेल भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रर्दशन गरेको थियो । बल पोजिसनमा जोड दिएको नेपालले केही आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाई भएको थियो ।
खेलको तेस्रो मिनेटमा दर्शन गुरुङ्गको फ्रिकिक क्लियर भएर आएको तेज तामाङ्गले झण्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफ्रेनडरलाई तोड्न भने निकै संर्घष गर्नुपर्याे । नेपालले खेलको १९औं मिनेटमा नै खेलाडी परिर्वतन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
२३औ मिनेटमा बंगलनदेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिराबाट गरेको कडा प्रहार क्रसबार भन्द थोरै माथिबाट बाहिरियो । २८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र साद उद्दीनले दिएको क्रसलाई अनन्त तामाङ्गले क्लियर गर्दै नेपालको खतरा टारे । ३१औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाले प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।
३३औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडले पोष्टको दिशा लिन सकेन । ३५औं मिनेटमा विश्रनाथ घोषको लामो थ्रोमा किरण झुक्किए पनि बंगलादेशले फाइद उठाउन सकेन । ३९औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।
दोस्रो हाफमा तेज तामाङ्गको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीमा डेब्यु गरे । ५६औं मिनेटमा नेपालले गोल गर्ने सुुर्वण अवस खेर फाल्यो । छिरिङ्ग गुरुङ्गको लो क्रसमा नवयुग र सुजल दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेन्न । त्यसको दुई मिनेट पछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे । लगतै अनन्तले उकृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्काे आक्रमण विफल पारे ।
७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकसियो । ७१औं मिनेटमा नेपालले दुई खेलाडी परिर्वतन गर्दै सेसेहङ आम्देम्बे र रबि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शन र रबि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुगको हेडर पोष्टमा लागेर फर्कदा नेपाल अन्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।
यस नतिजसँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो २–० ले जितेको बंगलादेशले एक जित एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...