YouTube Link

नेपाल र बंगलादेश बराबरी

Facebook Link

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशबीच भएको मैत्रीपूर्ण सिरिजको दोस्रो खेल गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको उपाधि बंगलादेशले जितेको छ ।
नेपालले पछिल्लो खेल भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले खेल अवधिभर संयमित प्रर्दशन गरेको थियो । बल पोजिसनमा जोड दिएको नेपालले केही आक्रमण बुनेपनि त्यसमा सफल हुन भने सकेन । बल पकडमा राखेपनि अन्तिम पास निकाल्न भने नेपाली मिडफिल्डलाई कठिनाई भएको थियो ।
खेलको तेस्रो मिनेटमा दर्शन गुरुङ्गको फ्रिकिक क्लियर भएर आएको तेज तामाङ्गले झण्डै ३० यार्ड टाढाबाट गरेको भली गोलरक्षक अशरफुल रानाले बचाए । त्यसपछि दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरेपनि डिफ्रेनडरलाई तोड्न भने निकै संर्घष गर्नुपर्याे । नेपालले खेलको १९औं मिनेटमा नै खेलाडी परिर्वतन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए ।
२३औ मिनेटमा बंगलनदेशका सुमन रेजाले पेनाल्टी क्षेत्र बाहिराबाट गरेको कडा प्रहार क्रसबार भन्द थोरै माथिबाट बाहिरियो । २८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र साद उद्दीनले दिएको क्रसलाई अनन्त तामाङ्गले क्लियर गर्दै नेपालको खतरा टारे । ३१औं मिनेटमा जिबनको क्रसमा सुमन रेजाले प्रहार फितलो हुँदा गोलरक्षक किरण चेम्जोङले सहजै बचाए ।
३३औं मिनेटमा एरिक विष्टको प्रहारमा अनन्तको हेडले पोष्टको दिशा लिन सकेन । ३५औं मिनेटमा विश्रनाथ घोषको लामो थ्रोमा किरण झुक्किए पनि बंगलादेशले फाइद उठाउन सकेन । ३९औं मिनेटमा बंगलादेशी कप्तान जमाल भुयाँको फ्रिकिकलाई किरणले बचाए ।
दोस्रो हाफमा तेज तामाङ्गको स्थानमा मैदान प्रवेश गर्दै पुजन उपरकोटीले राष्ट्रिय टोलीमा डेब्यु गरे । ५६औं मिनेटमा नेपालले गोल गर्ने सुुर्वण अवस खेर फाल्यो । छिरिङ्ग गुरुङ्गको लो क्रसमा नवयुग र सुजल दुवैले पेनाल्टी क्षेत्रभित्र सट प्रहार गर्न सकेन्न । त्यसको दुई मिनेट पछि साद उद्दीनले बढाएको बललाई किरणले अगाडी बढेर रोक्दै खतरा टारे । लगतै अनन्तले उकृष्ट डिफेन्स गर्दै बंगलादेशको अर्काे आक्रमण विफल पारे ।
७० औं मिनेटमा विकास खवासले प्रहार गरेको लामो दुरीको फ्रिकिक आकसियो । ७१औं मिनेटमा नेपालले दुई खेलाडी परिर्वतन गर्दै सेसेहङ आम्देम्बे र रबि पासवानलाई मैदान प्रवेश गरायो । सेसेहाङ दर्शन र रबि अन्जनको स्थानमा मैदान प्रवेश गरेका थिए ।
इन्ज्युरी समयको पहिलो मिनेटमा रजिन धिमालको फ्रिकिकलाई कप्तान जमालले क्लियर गर्दै खेल बराबरीमा नै राखे । इन्ज्युरी समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुगको हेडर पोष्टमा लागेर फर्कदा नेपाल अन्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।
यस नतिजसँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो २–० ले जितेको बंगलादेशले एक जित एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...