YouTube Link

प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीबीच मध्यरातमा भेटवार्ता

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार मध्यरातमा गोप्य भेट गरेका छन् । प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीबीच झण्डै डेढ घण्टा वार्तालाप भएको बालुवाटार स्रोतले जनाएको हो ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पदीय झगडा चरमबिन्दूमा पुगेका बेला चिनियाँ राजदूत हाउको सक्रियता एकाएक बढेको छ ।

नेकपाभित्रै पनि अनेक पटकका विवादमा चिनियाँ राजदूत हाउले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्षमा सक्रिय भूमिका खेल्दै आएको आरोप लाग्दै आएको छ ।

नेकपाभित्र नेताहरुको पदीय स्वार्थका लागि भएका झगडामा यसअघि पनि चिनियाँ राजदूत हाउले प्रधानमन्त्री ओलीका अतिरिक्त नेकपा शीर्ष नेताहरुलाई भेटेर दबाब दिएका थिए ।

भेट के का लागि भएको भन्ने दुबै पक्षबाट जानकारी नगराइए पनि पार्टीभित्र पद त्याग्न अर्का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आरोप समेत प्रस्ताव पेश गरेपछि अफ्ठ्यारोमा परेका ओलीले आफूलाई सघाउन आग्रह गरेको अनुमान दाहाल पक्ष नेताहरुको छ ।

पहिले पहिलेका विवादमा झै यस पटक पनि प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा छन् भने बुधबारका लागि बोलाइएको बैठक गर्न दिने र नदिनेमा दुई पक्षबीच खिचातानी छ ।

नेकपा नेताहरुबीच बढेको विवादले पार्टी नै विभाजनको मुखमा पुगेपछि गत बैशाख र असारमा पनि राजदूत हाउ यसैगरी सक्रिय भएका थिए ।

यो पनि पढ्नुहोस् : https://www.akhabarnepal.com/2020/11/19222/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...