युरोकप जुन ११ देखि सुरु हुने, कुन टिम कुन समुहमा
वि.सं.२०७७ मंसिर १ सोमवार ०९:१९
2.4K
shares
काठमाडौं: २०२१ मा आयोजना हुने युरोकपमा सहभागिता जनाउने सबै २४ टिमको टुंगो लागेको छ ।
बिहिबार राति भएको छनोट प्लेअफबाट ४ टिमले युरोकपमा स्थान बनाएसँगै २४ टिमको टुंगो लागेको हो ।
युरोकपमा छनोट हुने अन्तिम चार टिममा स्कटल्याण्ड, स्लोभाकिय, हंगेरी र नर्थ म्यासेडोनिया छन ।
कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको युरोकप २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुनेछ ।
युरोकप युरोपको विभिन्न देशको १२ शहरमा आयोजन हुनेछ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
यस अघि युरोकप सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने तय थियो ।
तर कोरोनले युरोकपको अधिकांस राष्ट्रमा महामारिको रुप लिएपछि प्रतियोगिता सारिएको हो ।
युईएफएले युरोकप लण्डन, आम्स्टरडामा, बाकु, बिल्लाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
युरोकपको उद्घाटन खेलमा टर्की र ईटाली भिड्ने छन । जुन ११मा हुने उद्घाटन खेल ईटालीको रोममा हुनेछ ।
कुन समुहमा कुन टिम ?
समुह ए – ईटाली, टर्की, वेल्स, स्विजरल्याण्ड
समुह बी – डेनमार्क, फिनल्याण्ड, बेल्जियम, रसिया
समुह सी – नेदरल्याण्डस, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समुह डी – इंग्ल्याण्ड, क्रोएसिया स्कटल्याण्ड, चेक रिपब्लिक
समुह ई – स्पेन, स्विडेन, पोल्याण्ड, स्लोभाकिया
समुह एफ – हंगेरि, पोर्चुगल, फ्रान्स, जर्मनी
वि.सं.२०७७ मंसिर १ सोमवार ०९:१९




















