YouTube Link

इण्डियन प्रिमियर लिगमा मुम्बई इण्डियन्समाथि राजस्थान रोयल्सको सानदार जित

Facebook Link

एजेन्सी: राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बइ इण्डियन्सलाई पराजित गरेको छ ।

आइतबार भएको दोस्रो खेलमा राजस्थानले मुम्बइलाई सहजै पराजित गरेको हो । राजस्थनले मुम्बइलाई ८ विकेटले हरायो ।

जितसँगै राजस्थानले प्लेअफ प्रवेशको सम्भावना समेत कायमै राख्यो ।

मुम्बइले दिएको १९६ रनको लक्ष्य राजस्थानले मात्र २ विकेटको क्षतीमा १८ दशमलब २ ओभरमा भेट्टायो ।

सहज जितका लागि राजस्थानका बेन स्टोक्स र सनजु सामसनको प्रदर्शन सानदार रहयो ।

बेन स्टोक्सले शानदार शतकीय पारि खेले । उनले नटआउट १ सय ७ रन बनाए ।

६० बलमा १४ चौका र ३ छक्का हिर्काएका उनले सन्जु सामसनसँग मिलेर जितको सहज बाटो देखाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनायो ।

मुम्बइको विशाल लक्ष्यमा अलराउण्डर हार्दिक पाण्डेयाको महत्वपूर्ण भुमिका रहयो ।

उनले खेलको अन्तिमतिर ब्याटिङ गर्दै २१ बलमा ६० रन बनाए ।

७ छक्का र २ चौका प्रहार गरेका हार्दिक नटआउट रहे ।

यस्तै कुनाल पाण्डेया ३ रनमा अविजित रहे ।

मुम्बईका सुरुवाती ब्याट्सम्यान इशन किशनले ३७ रन बनाए ।

३७ बलको सामना गरेका उनले कार्तिक त्यागीको बलमा जोफ्रा आर्चरको हातबाट क्याचआउट हुनु अघि ४ चौका र १ छक्का हिर्काए ।

ओपनर क्विनटन डिककलाई ६ रन बनाएको अवस्थामा जोफ्रा अर्चरले बोल्ड गरे ।

सुर्य कुमार यादब २६ बलमा ४ चौका र १ छक्काको मद्तमा ४० रन बनाउँदा श्रेयर गोपालको बलमा बेन स्टोक्सको हातबाट क्याचआउट भए ।

शौरभ तिवारी २५ बलमा ३४ रन बनाउँदै पेविलियन फर्किए ।

उनले चार चौका र १ छक्का हिर्काउँदा जोफ्रा आर्चरको बलमा बेन स्टोक्सको हातबाट क्याच आउट भए ।

कायरन पोलार्ड ६ रन बनाउँदा श्रेयस गोपालको बलमा बोल्ड भए ।

जितसंगै राजस्थानले अंक तालिकामा १० अंक बनाएको छ ।

राजस्थानले समुह चरणका दुइ खेल बाँकी रहँदा प्लेअफ प्रवेशको सम्भावना समेत कायमै राखेको छ ।

मुम्बइले भने खेल जित्दै प्लेअफ पक्का गर्ने बाटो अर्को खेल सम्मका लागि थाती राखेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...