YouTube Link

आइपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबको पाचौं जित, प्लेअफ सम्भावना कायमै

Facebook Link

एजेन्सीः इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा किंग्स इलाभेन पञ्जाबले पाचौं जित निकालेको छ ।

पञ्जाबले हैदराबादलाई १२ रनले पराजित गर्यो । पञ्जाबले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको हैदराबाद निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै ११४ रनमा समेटियो ।

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३५ रन बनाए । २० बलमा वार्नरले ३ चौका २ छक्का प्रहार गरे । ओपनर जोनी वेयरस्टोले १९ रन बनाए । मनिस पाण्डेले ५ रन बनाउँदा अव्दुल समदले ७ रन बनाए । यस्तै विजय संकरले २६ रन बनाए । पञ्जाबका अर्शदिप सिंहले ३ विकट लिए ।

पहिलो इनिङ्समा पन्जाबले हैदराबादलाई जितका लागि १ सय २७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२६ रन जोड्न सक्यो । मध्यम सुरुवात गरेको पन्जाबले पहिलो विकेटको रुपमा मन्दीप सिंहलाई १७ रनमा गुमाएको थियो ।

दोस्रो विकेटको रुपमा २० रनमा क्रिस गेललाई गुमाएको पन्जाबले तेस्रो विकेटको रुपमा कप्तान केएल राहुलाई गुमाएको थियो । राहुलले २७ बल खेल्दै दुई चौका र एक छक्काको मद्दतमा २७ रन जोडेका थिए ।

निकोलस पूरनले ३२ रनको अविजित पारी खेले । उनले २८ बलमा दुई चौका प्रहार गर्दै २८ रन जोडे । पन्जाबलाई सस्तैमा समेट्न हैदराबादका लागि सन्दीप शर्मा, जोसन होल्डर र राशिद खानले समान दुई–दुई विकेट लिए ।

जितसँगै पञ्जाबले प्लेअफ सम्भावना कायमै राखेको छ । पञ्जाबको यो पाचौं जित हो भने पञ्जाबले तालिकामा १० अंक बनाएको छ । हैदराबादले भने ११ खेलमा ४ खेलमा मात्र जित निकालेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...