प्रिमियर लिगमा टोटनहम र वेस्ट ह्यामले खेले बराबरी
वि.सं.२०७७ कात्तिक ३ सोमवार ०७:३८
1.7K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाइटेड र टोटनहमले बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलमा वेस्ट ह्याम ३–० ले पछि परेको अवस्थाको अन्तिम १० मिनेटमा टोटनहमलाई बराबरीमा रोक्न सफल भएको हो ।
घरेलु मैदानमा टोटनहमले पहिलो हाफमा ३–० को अग्रता बनायो ।
टोटनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।
खेलको पहिलो मिनेटमा नै सनको गोलबाट घरेलु टोलीले अग्रता बनाएको थियो ।
यस्तै आठौं मिनेटमा र १६ औं मिनेटमा केनले गोल गर्दै टोटनहमलाई फराकिलो अग्रता दिलाएका थिए, तर दोस्रो हाफमा वेस्ट ह्यामका फाबियन बालबुएना मानुएल लानजिनीले एक एक गोल फर्काउँदा घरेलु टोली निराश बन्यो ।
टोटनहमले गएरातिको खेलमा ग्यारेथ बेललाई ७२औं मिनेटमा डेब्यु गराएको थियो ।
बराबरीसँगै टोटनहमले ५ खेलमा ८ अंक जोडेको छ । वेस्ट ह्यामले भने ५ खेलमा ७ अंक जोडेको छ ।
वि.सं.२०७७ कात्तिक ३ सोमवार ०७:३८



















