विश्वभर कोरोना भाइरस संक्रमितको संख्या चार करोड नाघ्यो
वि.सं.२०७७ कात्तिक ३ सोमवार ०९:१४
1.8K
shares
काठमाडौं: विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघेको जन हप्किन्स युनिभर्सिटीको तथ्यांकले जनाएको छ ।
संक्रमित मध्ये तीन करोड ५४ हजार ६ सय ८८ जना उपचारपछि निको भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख १७ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २ घण्टामा ७० हजार नयाँ संक्रमित थपिएका छन् । जुलाई पछि एकै दिनमा यतिधेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।
अमेरिकामा हालसम्म ८३ लाख ८० हजार ४ सय १८ जना संक्रमित पुगेका छन् । त्यहाँ २ लाख २४ हजार ६ सय ३६ जनाको मृत्यु भइसकेको छ भने ५४ लाख ५१ हजार १ सय ७२ जना निको भएका छन् ।
दोस्रो नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख ४७ हजार ७ सय ५९ पुगेको छ । त्यहाँ १ लाख १४ हजार ६ सय २९ जनाको मृत्यु भएको छ भने ६६ लाख ५८ हजार ९ सय ३७ जना उपचारपछि निको भएका छन् ।
तेस्रो नम्बरमा रहेको ब्राजिलमा ५२ लाख २४ हजार ८ सय २१ जना कोरोना संक्रमित भएका छन् भने ब्राजिलमा १ लाख ५३ हजार ७ सय ३० जनाको मृत्यु भएको छ । ब्राजिलमा ४६ लाख ३५ हजार ३ सय १५ जना निको भएका छन् ।
वि.सं.२०७७ कात्तिक ३ सोमवार ०९:१४




















