YouTube Link

आईपीएल क्रिकेटमा सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंग्लोरको जित

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित हात पारेको छ ।

मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बैंग्लोरले तेस्रो खेलमा दोस्रो जित हात पारेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले कायरन पोलार्डको ५ र हार्दिक पाण्ड्याको २ रनको मद्दतमा ७ रन बनायो ।

८ रनको लक्ष्य पछ्याएको बैंग्लोरलाई एवी डेभिलियर्सले एक चौका र विराट कोहलीले एक चौका हान्दै जिताए । कोहलीले २ बलमा ४ तथा एवीडीले ४ बलमा ६ रन बनाए ।

यो संस्करणको आईपीएलको यो दोस्रो सुपर ओभर हो । यसअघि दिल्ली क्यापिटल्सले किंग्स ११ पञ्जाबलाई सुपर ओभरमा पराजित गर्दै खेल जितेको थियो ।

बैंग्लोरले दिएको २०२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा २०१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

यसअघि खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो बनाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १ रन बनाएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...