YouTube Link

इण्डियन प्रिमियर लिग क्रिकेटमा किंग्स इलाभेन पञ्जाबको पहिलो जित

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा किंग्स इलाभेन पञ्जाबले पहिलो जित दर्ता गरेको छ ।

आफ्नो दोस्रो खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ९७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

युएईको दुबई इन्टरनेसनल मैदानमा सम्पन्न खेलमा पञ्जाबले दिएको २०७ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७ ओभरमा १०९ रनमा अलआउट भयो । रवि विस्नोइ र मोरुगन आश्विनले तीन तीन विकेट लिएपछि बैंग्लोर सस्तोमा समेटियो ।

बैंग्लोरका वासिन्टन शुन्दरले सर्वाधिक ३० रन बनाए । यस्तै एभि डेभिलियर्सले २८ र एरोन फिंचले २० रन बनाए । शिभव दुबेले १२ रन बनाउँदा कप्तान विराट कोहली, देवदत्त पाडिकल, जोस फिलिपे लगायतले दोहोरो स्कोरको अंक बनाउन सकेनन् ।

पञ्जाबका विस्नोइ र मोरुगन आश्विनले समान तीनतीन विकेट लिए । यस्तै सेल्ड्रोन कोट्रेलले २, मोहमद सामीले १ र ग्लेन म्याक्स्वेलले १ विकेट लिए ।

युएईएको दुबई इनटरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतीमा २०६ रन बनायो । पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित १ सय ३२ रन बनाए । शतकिय पारि खेलेका ओपनर राहुलले ६९ बलमा १४ चौका र ७ छक्का हाने ।

पञ्जाबका लागि मयंक अग्रवालले २६ रन बनाए । यस्तै निकोलस पुरनले १७, ग्लेन म्याक्स्वेलले ५, करुन नायरले अविजित १५ रन बनाए । बैंग्लोरका शिभव दुबेले २ तथा युज्बेन्द्र चाहलले १ विकेट लिए ।

जितसँगै पञ्जाबले यो सिजनको आईपीएलमा पहिलो जित हात पार्यो भने बैंग्लोरले पहिलो हारको सामना गर्यो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...