इन्डियन प्रिमियर लिग क्रिकेटमा आज बैङ्लोर र पञ्जाव भिड्ने
वि.सं.२०७७ असोज ८ बिहीवार १६:५१
1.5K
shares
काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बैङ्लोर र किङ्स ११ पञ्जावबीच प्रतिष्पर्धा हुँदैछ ।
नेपाली समय अनुसार आन बेलुका पौने आठ बजे दुवई इन्टरनेसनल क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ ।
यसअघि समान पहिलो खेलमा जित हात पारेको बैङ्लेर आफ्नो विजयी यात्रा कायम राख्ने दाउमा हुनेछ ।
यस्तै, पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको पञ्जाव बैङ्लोरविरुद्ध जितको खोजीमा हुनेछ ।
पञ्जावको कप्तानी केएल राहुलले गरिरहेका छन् भने बैङ्लोरको कप्तानी भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले गरिरहेका छन् ।
गत संस्करणमा भएको पहिलो भेटमा बैंगलोरले ८ विकेटको जित निकालेको थियो । दोस्रो भेटमा बैंगलोरले १७ रनको जित निकालेको थियो ।
वि.सं.२०७७ असोज ८ बिहीवार १६:५१



















