YouTube Link

इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्स सुपर ओभरमा विजयी

Facebook Link

एजेन्सी: इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेबिना मैदान उत्रिएको दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स-११ पञ्जाबमाथि जित निकालेको हो ।

निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि भएको सुपर ओभरमा दिल्लीले जित हात पार्यो ।

सुपर ओभरमा दिल्लीका कागिसो रवाडाले पञ्जावका के एल राहुल र निकोलस पुरनलाई पेभिलियन पठाए ।

के एल राहुललाई कप्तान श्रेयर ऐयरको हातबाट क्याच आउट गराएका रावाडाले पुरनलाई बोल्ड गर्दै सुपर ओभरमा मात्र तीन रन दिए ।

सुपर ओभरमा पञ्जाबका ग्लेन म्याक्स्वेल शुन्य रनमा अविजित रहे ।

सुपर ओभरमा तीन रनको लक्ष्य पछ्याएको दिल्लीलाई रिसभ पत्नले जित दिलाए ।

पञ्जाबका लागि बलिङ गरेका मोहमद सामीले एक रन वाईड फालेपछि दिल्लीले शुन्य दशमलव २ ओभरमा जित हात पार्यो ।

सुपर ओभरमा दिल्लीका कप्तान श्रेयर ऐयर शुन्य रनमा अविजित रहे भने पन्तले २ रन जोडे ।

दिल्लीले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले अन्तिम ओभरमा बराबरी रन बनायो ।

अन्तिम ओभरमा मयंक अग्रवाल ८९ रनमा आउट भएपछि १ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले मात्र १ सय ५७ रन बनायो ।

पञ्जाबका केएल राहुलले २१, कृष्णप्पा गोवथामले २०, सर्फराज खानले १२ रन बनाए ।

पञ्जाबका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

दिल्लीका कागिसो रावाडा र रविचन्द्र आश्विनले समान दुई-दुई विकेट लिँदा मोहित शर्मा र अक्षर पट्टेले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

उसका लागि स्टोनिसले २० बलमा ७ चौका र ३ छक्काको मद्धतमा ५२ रन बनाए ।

यसअघि चार ओभरमा मात्र १३ रन हुँदा दिल्लीले तीन विकेट गुमाएको थियो ।

ओपनर सिखर धवनलाई शुन्य रनमा गुमाएको दिल्लीका लागि रिशभ पन्त र कप्तान श्रीयस ऐयरले ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

ऐयरले ३९ रन जोडे भने पन्तले ३१ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न पन्जाबका लागि मोहम्मद सामीले सर्वाधिक तीन विकेट लिए ।

जितसँगै उपाधिको लक्ष्य सहित १३ औं संस्करणको आईपीएलमा सहभागि भएको दिल्लीले सुखद सुरुवात गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...