Health Ad
YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्गसको लगातार तेस्रो जित

Khanepani Dhal
Facebook Link

काठमाडौं: साविकको विजेता चेन्नई सुपर किङ्गसले १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आईतबार भएको खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लगातार तेस्रो जित निकालेको हो ।

एमए चिदामबरम स्टेडियममा घरेलु टोली चेन्नईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ६७ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गरेको राजस्थानका लागि बेन स्टोक्सले २६ बलमा ४६ तथा राहुल त्रिपाठीले ३९ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । १४ रन जोड्दा ३ विकेट गुमाईसकको राजस्थानका लागि स्टोक्स र त्रिपाठीले इनिङ्स उकासेका थिए । यस्तै स्टिभ स्मिथले २८ तथा जोफ्रा आर्चरले अविजित २४ रन बनाए । कप्तान अजिंका रहाने सुन्य रनमा आउट भए । चेन्नईका शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो । खराब सुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ७५ रनको योगदान दिए । २७ रन जोड्दा चेन्नईले महत्वपुर्ण ३ विकेट गुमाईसकेको थियो । तर, चौंथो विकेटका लागि कप्तान धोनीले सुरेश रैनासंग मिलेर ६१ रनको साझेदारी गर्दै चेन्नईको इनिङ्स उकासेका थिए । रैना ३६ रनमा आउट भए । जितसंगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले ३ खेलबाट ६ अंक जोडेको छ । र, चेन्नईले लिगको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । जारी लिगमा चेन्नई एक मात्र अपराजित टोली हो । राजस्थानको भने यो लगातार तेस्रो हार हो ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...