YouTube Link

नेसन्स लिगमा फ्रान्सको लगातार दोस्रो जित, क्रोएसिया ४–२ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सीः फ्रान्सले नेसन्स लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।

आज बिहान भएको खेलमा विश्वविजेता फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरको फराकिलो जित निकालेको हो ।

घरेलु टोली फ्रान्सको जितमा एन्टोनी ग्रिजम्यान, डायोट उपमेकानो र ओलिभर जिराउडले गोल गरे ।

एक गोल भने फ्रान्सले उपहार स्वरुप पाएको थियो ।

क्रोसियाका लागि भने डिजन लोभरेन र जोसिप ब्रेकालोले एक-एक गोल फर्काए ।

खेलको १६औं मिनेटमा डिजनले गोल गर्दै क्रोसियालाई १-० गोलको अग्रता दिलाए । तर खेलको ४३औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफकै अन्तिम समयमा क्रोसियाले फ्रान्सलाई आत्मघाती गोल उपहार दियो ।

डोमिनिक लिभाकोभिचले बचाउने क्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेपछि फ्रान्सले पहिलो हाफसम्म २–१ गोलको अग्रता लियो ।

खेलको ५५औं मिोटमा जोसिपले गोल गर्दै क्रोसियलाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ६५औं मिनेटमा डायोटले गोल गर्दा फ्रान्सले ३–२ गोलको अग्रता लियो । ७७औं मिनेटमा जिराउडले पेनाल्टीबाट गोल गर्दा फ्रान्सले ४–२ गोलको जित सुनिश्चित गर्योग ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...