नेसन्स लिग फुटबलमा पोर्चुगलको जित, रोनाल्डोको कीर्तिमानी सय गोल
वि.सं.२०७७ भदौ २४ बुधवार १२:१४
1.8K
shares
एजेन्सीः नेसन्स लिग फुटबलमा पोर्चुगलले लगातार दोस्रो जित हात पारेको छ ।
स्वीडेनमाथि जित निकाल्ने क्रममा कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी सय गोल पूरा गरेका छन् ।
घरेलु टोली स्वीडेनमाथि आज विहान भएको खेलमा पोर्चुगलले २-० गोलको जित निकाल्यो । पोर्चुगलको जितमा दुबै गोल रोनाल्डोले गरे ।
४४औं मिनेटमा १० खेलाडीमा सीमित बनेको स्वीडेनमाथि ४५औं मिनेटमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै रोनाल्डोले सय गोल पूरा गरेका हुन् ।
पहिलो हाफमा १-० गोलको अग्रता दिलाएको रोनाल्डोले दोस्रो हाफको खेलमा ७२औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–० गोलको जित दिलाए ।
रोनाल्डोले आफ्नो देशका लागि अन्तर्राष्ट्रिय फुटबलमा सय गोल गर्दै कीर्तिमान बनाएका हुन् । विश्वमा आफ्नो देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा इरानका अली डेई रहेका छन् । उनले १९९३ देखि २००६ सम्म १०९ गोल गरेका थिए ।
वि.सं.२०७७ भदौ २४ बुधवार १२:१४




















