YouTube Link

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सको दोस्रो जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई सुपर ओभरमा पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

दिल्लीस्थित फिरोज कोट्ला स्टेडियममा कोलकत्ताले दिएको एक सय ८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८५ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा दिल्लीले १ विकेट गुमाएर १० रन जोड्दै कोलकत्तालाई ११ रनको लक्ष्य दिएको थियो । दिल्लीका ऋषब पन्तले ६ रन जोडे ।

जवाफमा कोलकत्ताले १ विकेट गुमाएर ६ रन मात्र जोड्न सक्यो । उसका आन्द्रे रसेलले ४ रन जोडे । सुपर ओभरमा खेल जानुअघि दिल्लीका युवा ब्याट्सम्यान पृथ्वी शले अर्धशतकीय इनिङ्स खेलेका थिए । शतक बनाउन एक रनले चुकेका पृथ्वी ५५ बलमा ९९ रन जोडेर आउट भए । यस्तै कप्तान श्रेयस आयरले ४३ तथा शिखर धवनले १६ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभरमा ८ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो । खराब सुरुवात गरेको कोलकत्ताका लागि आन्द्रे रसेल र कप्तान दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेले । रसेलले ६२ तथा कप्तान दिनेशले ५० रन बनाए । यस्तै क्रिस ल्यानले २०, पियुस चावलाले अविजित १२, रोबिन उथप्पाले ११ तथा कुलदीप यादबले अविजित १० रन जोडे ।

दिल्लीका हर्सल पटेलले २ तथा सन्दीप लामिछाने, अमित मिश्रा, कागिसो राबडा र क्रिस मोरिसले एक/एक विकेट लिए । कोलकत्ताविरुद्ध सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २९ रन खर्चिएर १ विकेट लिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए । जितसंगै दिल्लीले ३ खेलबाट ४ अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा रहेको छ । कोलकत्ताले भने पहिलो हार व्यहोरेको छ । अघिल्ला २ खेल जितेको कोलकत्ताको पनि ४ अंक रहेको छ । कोलकत्ता शीर्ष स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...