YouTube Link

अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न ४० राष्ट्रका लगानीकर्ता तथा विकास साझेदारका प्रतिनिधि सम्मेलनमा सहभागी

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यका लागि लगानी सम्मेलन प्रस्थानविन्दु भएको भन्दै सरकारले सम्मेलनमा सहभागी विकास साझेदार एवम् लगानीकर्ता माझ लगानीमैत्री वातावरणका लागि कुनै पनि कसर बाँकी नराखिने प्रतिवद्धता जनाएको छ ।

सम्मेलन समापन समारोहमा सरकारको नेतृत्व गरिरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वसँगै नेपालको एकमात्र एजेण्डा अर्थिक समृद्धि रहेको भन्दै विकासका विभिन्न परियोजनामा आएको प्रतिवद्धताका लागि लगानीकर्ता तथा विकास साझेदारप्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नीतिगत, कानुनी एवम् व्यावहारिक हिसाबले लगानीकर्तालाइ उचित वातावरण दिइने र लगानीको सुरक्षा दिइने प्रतिवद्धता उनले जनाए । सम्मेलनमा सहभागिता र लगानीको प्रतिवद्धताका लागि धन्यवाद दिंदै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल दक्षिण एशियामै उदाउँदो अर्थतन्त्रका रुपमा विकसित हुने क्रममा रहेको र यसमा मजबूत सहकार्य गर्न पुन: लगानीकर्ताको ध्यानाकर्षण गराए ।

लगानी सम्मेलन समापन समारोहमा गैरअवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, चौधरी समूहका अध्यक्ष विनोद चौधरी, स्काइ पावर ग्लोबलका सिइओ एड्लर केरीसहितले उर्बर भूमि नेपाल लगानीको प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गरे । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको उपलब्धि प्रस्तुत गरेका थिए ।

४० राष्ट्रका लगानीकर्ता तथा विकास साझेदारका प्रतिनिधि सम्मेलनमा सहभागी थिए । दुइ दिने सम्मेलनमा उर्जा, कृषि, पर्यटन, उद्योग, सञ्चार प्रविधिसहितका फरक फरक ७ सत्रमा छलफलपछि विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता समेत जुटेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...