YouTube Link

अन्तर्राष्ट्रिय लगानी सम्मेलन सम्पन्न ४० राष्ट्रका लगानीकर्ता तथा विकास साझेदारका प्रतिनिधि सम्मेलनमा सहभागी

Facebook Link

काठमाडौं: समृद्ध नेपाल सुखी नेपाली दीर्घकालीन लक्ष्यका लागि लगानी सम्मेलन प्रस्थानविन्दु भएको भन्दै सरकारले सम्मेलनमा सहभागी विकास साझेदार एवम् लगानीकर्ता माझ लगानीमैत्री वातावरणका लागि कुनै पनि कसर बाँकी नराखिने प्रतिवद्धता जनाएको छ ।

सम्मेलन समापन समारोहमा सरकारको नेतृत्व गरिरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वसँगै नेपालको एकमात्र एजेण्डा अर्थिक समृद्धि रहेको भन्दै विकासका विभिन्न परियोजनामा आएको प्रतिवद्धताका लागि लगानीकर्ता तथा विकास साझेदारप्रति आभार व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले नीतिगत, कानुनी एवम् व्यावहारिक हिसाबले लगानीकर्तालाइ उचित वातावरण दिइने र लगानीको सुरक्षा दिइने प्रतिवद्धता उनले जनाए । सम्मेलनमा सहभागिता र लगानीको प्रतिवद्धताका लागि धन्यवाद दिंदै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल दक्षिण एशियामै उदाउँदो अर्थतन्त्रका रुपमा विकसित हुने क्रममा रहेको र यसमा मजबूत सहकार्य गर्न पुन: लगानीकर्ताको ध्यानाकर्षण गराए ।

लगानी सम्मेलन समापन समारोहमा गैरअवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, चौधरी समूहका अध्यक्ष विनोद चौधरी, स्काइ पावर ग्लोबलका सिइओ एड्लर केरीसहितले उर्बर भूमि नेपाल लगानीको प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गरे । नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनको उपलब्धि प्रस्तुत गरेका थिए ।

४० राष्ट्रका लगानीकर्ता तथा विकास साझेदारका प्रतिनिधि सम्मेलनमा सहभागी थिए । दुइ दिने सम्मेलनमा उर्जा, कृषि, पर्यटन, उद्योग, सञ्चार प्रविधिसहितका फरक फरक ७ सत्रमा छलफलपछि विभिन्न परियोजनामा लगानीको प्रतिवद्धता समेत जुटेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...