YouTube Link

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु

Khanepani Dhal
Facebook Link

एजेन्सी: अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य १७ जना घाइते भएका छन् ।

अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेका समय तोप आक्रमण हुँदा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र अन्य १७ जना पनि सख्त घाइते भएका छन् । उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकको अस्पतालमा पुरयाइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या बढ्नसक्ने बताईएको छ ।

सरकारी सुरक्षा फौज र तालिवान समूहबीच दोहोरो भिडन्त भइरहेका समय विद्यालयमा तोप आक्रमण भएको बताइएको छ । तोप कसले हानेको भन्नेबारे पुष्टि नभएको घटनास्थल वरपरका स्थानीयले बताएका छन् । शनिबारै अफगानिस्तानमा सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेपछि गाज्नी शहर र वरपरका क्षेत्रमा सरकारी सेना र तालिवान लडाकूबीच भिडन्त भएको थियो ।

सन् २०१८ मा द्वन्द्वग्रस्त अफगानिस्तानमा ९ सय २७ बालबालिका सहित तीन हजार ८ सय ४ सर्वसाधारणको मृत्यु भएको थियो भने सात हजार एक सय व्यक्ति घाइते भएका अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घ सहयोग नियोगले गत महिना सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

अमेरिका यात्रा गर्न १२ देशका नागरिकलाई लगाईयो प्रतिबन्ध

अमेरिका यात्रा गर्न १२ देशका नागरिकलाई लगाईयो प्रतिबन्ध

वि.सं.२०८२ जेठ २२ बिहीवार १०:५२

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रा...

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

पाकिस्तानद्वारा भारतका ११ शहरमा ड्रोन र मिसाइल आक्रमण

वि.सं.२०८२ वैशाख २६ शुक्रवार ०९:२१

एजेन्सी: भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानले लगातार दोस्रो दिन बिहीबार पनि...

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

इदको अवसरमा १६६ नेपालीलाई यूएई सरकारले दियो आममाफी

वि.सं.२०८१ चैत १९ मंगलवार १५:५६

काठमाडौं: ईद पर्वका अवसरमा १६६ जना नेपाली बन्दीलाई संयुक्त अरब...

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री सेनाको जहाजबाट पठाईदै

वि.सं.२०८१ चैत १९ मंगलवार ११:०४

काठमाडौं: नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा...

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणपछि केआईआईटीमा विद्यार्थीहरूको हडताल जारी, कलेज फर्किन ८ बुँदे सर्त

वि.सं.२०८१ फागुन ६ मंगलवार १२:५१

काठमाडौं: भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी...