YouTube Link

राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै सनराईज हैदरवादको पहिलो जित

Facebook Link

काठमाडौं: सनराईजर्स हैदरवादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको एक सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे ।

राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो । राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै एक सय दुई रनको शतकीय इनिङस खेले । सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको शतक पहिलो शतक हो ।

यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जोस बटलर ५ रनमा आउट हुँदा बेन स्टोक्स १६ रनमा अविजित रहे । जितसंगै हैदरवादले २ खेलबाट २ अंक जोडेको छ । हैदरवाद लिगको चौथो स्थानमा छ । राजस्थानले भने लगातार दोस्रो हार व्यहोरेको छ । राजस्थान लिगको पुछारमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...