YouTube Link

राजस्थान रोयल्सलाई पाँच विकेटले पराजित गर्दै सनराईज हैदरवादको पहिलो जित

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: सनराईजर्स हैदरवादले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।

हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा राजस्थानले दिएको एक सय ८९ रनको लक्ष्य हैदरवादले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गरे । यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे ।

राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनाएको थियो । राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै एक सय दुई रनको शतकीय इनिङस खेले । सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको शतक पहिलो शतक हो ।

यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जोस बटलर ५ रनमा आउट हुँदा बेन स्टोक्स १६ रनमा अविजित रहे । जितसंगै हैदरवादले २ खेलबाट २ अंक जोडेको छ । हैदरवाद लिगको चौथो स्थानमा छ । राजस्थानले भने लगातार दोस्रो हार व्यहोरेको छ । राजस्थान लिगको पुछारमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

ब्रदर्स एफसी टिम ग्रीन बन्यो दशै कप च्याम्पियन

वि.सं.२०८३ असोज १९ सोमवार १७:२९

काठमाडौं: ब्रदर्स एफसी हङकङद्वारा आयोजित दशै कप फुटसल प्रतियोगिताको उपाधि...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...