YouTube Link

लगानी सम्मेलनमा विभिन्न सत्रमा नेपालले प्रस्तुत गरेका परियोजना र लगानीका क्षेत्रबारे लगानीकर्ताको चासो

Facebook Link

काठमाडौं: लगानी सम्मेलनको पहिलो दिन भएका विभिन्न सत्रमा नेपालले प्रस्तुत गरेका परियोजना र लगानीका क्षेत्रबारे लगानीकर्ताले चासोका साथ लिएका छन् । उर्जामा नेपाल दक्षिण एशियाकै हब बन्न सक्ने भन्दै उत्साहित बनेका लगानीकर्ता पर्यटन, उद्योग र सूचना प्रविधिका क्षेत्रमा समेत लगानीका लागि इच्छुक देखिएका छन् ।

सूचनाप्रविधि, पर्यटन र उद्योग क्षेत्रका अलग अलग सत्रमा लगानीका सम्भावना र परियोजना प्रस्तुतिप्रति लगानीकर्ताले चासो व्यक्त गरेका हुन् । आर्थिक समृद्धिका लागि ऊर्जा विषयको सत्रमा पावर चाइनाका महाप्रबन्धक सङ दोङ सेङले एक क्षेत्र एक मार्ग अभियान अन्तर्गत नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिएका छन् । त्यसैगरी भारतको केन्द्रीय विद्युत् नियमन आयोगका सचिव सनोजकुमार झाले नेपाल, बङ्गलादेश र भुटानको विद्युत् विकासका लागि आफ्नो सरकारले प्रमुख प्राथमिकतामा राखी अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी गुरुयोजना समेत तय गरेको बताए ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्डका चिफ इन्जिनियर मोहबुबुर रोहमानले आफूहरुले अझै पनि १२ हजार मेगावाट विद्युत बाहिरबाट आयात गर्न चाहेको बताएका छन् । यसै सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन तथा पाँच हजार मेगावाट निर्यातको लक्ष्य लिइएको जानकारी दिए ।

चीन, भारत र बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय संयन्त्रसमेत खडा गरिएको र नेपालको जलविद्युत क्षेत्रीय बजारमा उपलब्ध गराउन लागिपरेको जनाउँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वित्तीय लगानीको जोखिम कम गर्न सरकारले ‘हेजिड्ं फण्ड’ सम्बन्धी व्यवस्था गरिसकेकाले वैदेशिक लगानीकर्तालाई समेत सहजरूपमा लगानी गर्ने वातावरण बनेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...