YouTube Link

लगानी सम्मेलनमा विभिन्न सत्रमा नेपालले प्रस्तुत गरेका परियोजना र लगानीका क्षेत्रबारे लगानीकर्ताको चासो

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: लगानी सम्मेलनको पहिलो दिन भएका विभिन्न सत्रमा नेपालले प्रस्तुत गरेका परियोजना र लगानीका क्षेत्रबारे लगानीकर्ताले चासोका साथ लिएका छन् । उर्जामा नेपाल दक्षिण एशियाकै हब बन्न सक्ने भन्दै उत्साहित बनेका लगानीकर्ता पर्यटन, उद्योग र सूचना प्रविधिका क्षेत्रमा समेत लगानीका लागि इच्छुक देखिएका छन् ।

सूचनाप्रविधि, पर्यटन र उद्योग क्षेत्रका अलग अलग सत्रमा लगानीका सम्भावना र परियोजना प्रस्तुतिप्रति लगानीकर्ताले चासो व्यक्त गरेका हुन् । आर्थिक समृद्धिका लागि ऊर्जा विषयको सत्रमा पावर चाइनाका महाप्रबन्धक सङ दोङ सेङले एक क्षेत्र एक मार्ग अभियान अन्तर्गत नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिएका छन् । त्यसैगरी भारतको केन्द्रीय विद्युत् नियमन आयोगका सचिव सनोजकुमार झाले नेपाल, बङ्गलादेश र भुटानको विद्युत् विकासका लागि आफ्नो सरकारले प्रमुख प्राथमिकतामा राखी अन्तरदेशीय विद्युत् व्यापार सम्बन्धी गुरुयोजना समेत तय गरेको बताए ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्डका चिफ इन्जिनियर मोहबुबुर रोहमानले आफूहरुले अझै पनि १२ हजार मेगावाट विद्युत बाहिरबाट आयात गर्न चाहेको बताएका छन् । यसै सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्र नै मुलुकको आर्थिक रुपान्तरणको प्रमुख आधार भएकाले आगामी दश वर्षमा १५ हजार मेगावट विद्युत् उत्पादन तथा पाँच हजार मेगावाट निर्यातको लक्ष्य लिइएको जानकारी दिए ।

चीन, भारत र बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न द्विपक्षीय संयन्त्रसमेत खडा गरिएको र नेपालको जलविद्युत क्षेत्रीय बजारमा उपलब्ध गराउन लागिपरेको जनाउँदै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वित्तीय लगानीको जोखिम कम गर्न सरकारले ‘हेजिड्ं फण्ड’ सम्बन्धी व्यवस्था गरिसकेकाले वैदेशिक लगानीकर्तालाई समेत सहजरूपमा लगानी गर्ने वातावरण बनेको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

वि.सं.२०८३ असोज २७ मंगलवार १७:३१

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि भएको चुनावमा...

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

ओखलढुंगामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न, करिब ४ सयले लिए सेवा

वि.सं.२०८३ असोज २७ मंगलवार १५:५८

ओखलढुंगा: ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ७ रावादोलुमा दुई दिने...