YouTube Link

बैंगलोरलाई हराउँदै आईपीएलमा चेन्नईको विजयी सुरुवात

World Cup 2026
Facebook Link

काठमाडौं: साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै घरेलु टोली चेन्नईले सुखद सुरुवात गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे । यस्तै सुरेश रैनाले १९ रन जोडे । योसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । चेन्नईका शेन वाट्सन भने सुन्य रनमा आउट भए । बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् । बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट हुँदा मोइन अली र एबी डी भिलियर्सले समान ९/९ रन जोडे । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । जितसंगै चेन्नईले पहिलो खेलमै ३ अंक जोडेको छ । बैंगलोरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

इपीएल अन्तर्गत आज हुने पहिलो खेलमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन् भने दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ । आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

सेमिफाइनलमा प्रवेशका लागि नेपाल र श्रीलंका भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:४७

काठमाडौं:  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ ।...