Health Ad
YouTube Link

बैंगलोरलाई हराउँदै आईपीएलमा चेन्नईको विजयी सुरुवात

Khanepani Dhal
Facebook Link

काठमाडौं: साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हिजो भएको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै घरेलु टोली चेन्नईले सुखद सुरुवात गरेको हो ।

एमए चिदामबरम क्रिकेट स्टेडियममा विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे । यस्तै सुरेश रैनाले १९ रन जोडे । योसंगै सुरेश आईपीएलमा ५ हजार रन पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । चेन्नईका शेन वाट्सन भने सुन्य रनमा आउट भए । बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो । बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् । बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट हुँदा मोइन अली र एबी डी भिलियर्सले समान ९/९ रन जोडे । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । जितसंगै चेन्नईले पहिलो खेलमै ३ अंक जोडेको छ । बैंगलोरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

इपीएल अन्तर्गत आज हुने पहिलो खेलमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन् भने दोस्रो खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससँग पहिलो खेल खेल्नेछ । आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स रहेका छन् ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

वि.सं.२०८२ वैशाख १४ आइतवार १२:५७

एजेन्सी: रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८

काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ...

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

कतारमाथि ८ विकेटको जित निकाल्दै नेपालको विजयी सुरुवात

वि.सं.२०८१ चैत २७ बुधवार १०:१२

काठमाडौं: हङकङमा जारी चार देशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात...

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

अन्जना राना मगरले अब विभागीय टोली एपिएफबाट खेल्ने

वि.सं.२०८१ चैत २५ सोमवार १५:४१

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले...

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

रोहित पौडेलको कप्तानीमा टी-२० आई सिरिज खेल्ने टोलीको घोषणा

वि.सं.२०८१ चैत २३ शनिवार १३:२४

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा हङकङमा हुने...