चार जिल्ला फुटबल संघद्वारा एन्फा र राखेपविरुद्ध अख्तियारमा उजुरी
वि.सं.२०७७ असार १ सोमवार ०८:४७
2K
shares
काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) मा भएको भ्रस्टाचार र अनियमिततामा राष्ट्रिय खेलकुद परिषद (राखेप)ले साथ दिएको भन्दै अख्तियारमा उजुरी परेको छ । एन्फाको अनियमितता छानविनका लागि राखेपले गठन गरेको समिति पूर्वाग्रही भएको भन्दै चार जिल्ला फुटबल संघले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।
उजुरीसँगै एन्फा फेरि अर्को बिबादमा तानिएको छ । लामो समयदेखि एन्फाविरुद्ध आन्दोलन गर्दै आएका चार जिल्ला फुटबल संघले एन्फासँगै यसपटक राखेपलाई समेत दोषी देखाएका छन् । एन्फामा भएको भ्रष्ट्राचार र अनियमिताबारे छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयले छानविन समिति गठन गरेको छ । छानबिन समितिले पूर्वाग्रह र त्रुटिपूर्ण प्रतिवेदन तयार गर्दै दोषीलाई जोगाउने कार्य गरेको काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघको आरोप छ ।
चार जिल्ला फुटबल संघले आज एक विज्ञप्ति प्रकासित गर्दै समितिको प्रतिवेदनमा शंका उत्पन्न भएको आयस व्यक्त गरेका छन् । उनीहरुले उजुरी अख्तियार र लेखा समितिमा दर्ता गराएका छन् र छानविनको माग राखेका छन् । उनीहरुले कारबाहीको माग समेत गर्न माग राखेका छन् । राखेपले यस्ता अवैधानिक र एकपक्षीय कार्यलाई प्रोत्साहन गरेको उनीहरुको आरोप छ ।
वि.सं.२०७७ असार १ सोमवार ०८:४७




















